अदालतमा एउटा मुद्दा गम्भीर आए पछि !!
मुद्दा किनारा भयो नजिर बनाए पछि !!
समाजले न्याय दिन सकेन मलाई परेको अन्यायको
कानुनले न्याय गर्यो अदालतमा सोको खातिर धाए पछि !!
एउटा छोरी बिबस हुन्छिन् बुबालाई अदालत देखाउन !
अंशबन्डामा छोरीलाई ढिँडो र छोरालाई खीर खुवाए पछि !!
सबैले अदालतको ढोका ढक्ढक्याउन भन्छ कानुनले !
समाज, संस्था र कुनै ब्यक्तिबाट असाहय पीर पाएँ पछि !!
पुरूषले डिभोर्स दिने कानुन त्यसपछि बनेको हो नेपालमा !
एक बिदेशी घर फर्किंदा अर्कै सँग श्रीमतीको शरीर भेटाए पछि !!
कलम कुमार थापा
भैरवी गाउँपालिका – २
रावकोट, दैलेख
(कलम कुमार थापा बिगत दुई बर्ष देखि सुर्खेतको एडभान्स स्कुल अफ ल कलेजमा अध्ययनरत् छन् ।)