एमिकस क्युरीका लागि ३ जना अधिवक्ताको नाम सिफारिस गरियो

प्रतिनिधिसभा
प्रतिनिधिसभा

काठमाडौं । नेपाल बार एसोसिएसनले एमिकस क्युरीका लागि ३ जना अधिवक्ताको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्धको रिटमा सुनुवाइका क्रममा केही दिन पहिला एमिकस क्युरी झिकाउन आदेश गरेको थियो ।

सोहीअनुसार नेपाल बारले संवैधानिक इजलासले माग गरेअनुसार ३ वरिष्ठ अधिवक्ताको नाम सिफारिस गरिएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । नेपाल बारले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम एमिकस क्युरीका लागि पठाइएको उनले बताए ।

संवैधानिक इजलासले संसद् विघटन बदरको माग गर्दै दायर रिटमा सुनुवाइ गर्दै नेपालबार बाट तीन र सर्वोच्च बारबाट दुईजना गरी पाँचजनाको एमिकस क्युरी झिकाउन लागेको हो । सर्वोच्च बारले भने नाम पठाइसकेको छैन । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्दै परेको दर्जन बढी रिट संवैधानिक इजलासमा विचाराधीन छ ।

अदालतले कुनै विषयमा राय चाहे एमिकस क्युरी बोलाउन सक्छ । एमिकस क्युरीले इजलाससमक्ष संसद् विघटनको विषयमा उठेको संवैधानिक प्रश्नमा आफ्नो राय राख्नेछ ।

पुस २२ गतेबाट संसद् विघटनविरुद्ध दायर रिटको नियमित सुनुवाइ हुनेछ ।

BALLB Entrance Preparation Class Admission Open in Nepal