एमिकस क्युरीका सदस्यको भनाइ : संविधानको व्याख्या आफूखुसी होइन, कानुन अनुसार हुनुपर्छ

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानको गरिएको व्याख्याका आधारमा अदालतले निर्णय गनुपर्ने बताएका छन्। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा राय दिन गठन गरिएको ‘एमिकस क्युरी’का सदस्य वरिष्ठ अधिवक्ता कार्कीले संविधानको व्याख्या आफूखुसी नभएर कानुनअनुसार हुनुपर्नेमा जोड दिए।
‘संविधानमा जस्तो लेखिएको छ, त्यसै आधारमा व्याख्या हुनुपर्छ,’ उनले भने,‘संविधानको व्याख्या जसले गरेपनि कानुनअनुसार गर्नुपर्छ, आफूखुसी गर्न पाइँदैन।’ सुझाव दिने क्रममा उनले संसद् विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको भएपनि त्यसका लागि सर्त रहेको बताए।
वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनवि?द्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको समेत उल्लेख गरेका थिए।
सोमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएपछि मंगलबारदेखि एमिकस क्युरीका सदस्यह?ले सुझाव दिन थालेका हुन्।
यो पनि पढ्नुहोस् : प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइमा निवेदक पक्षको जवाफी बहस सुरू
BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here