नयाँ पाठ्यक्रम प्रारुप विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज पनि हुन सकेन

प्रतिनिधिसभा
प्रतिनिधिसभा

काठमाडौं /२७ पुस – नयाँ पाठ्यक्रम प्रारुप विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाई आज पनि हुन सकेन । पटक पटक सर्दै आएको उक्त मुद्दालाई गत साताको इजलासले सोमबारका लागि सुनुवाइको मिति तोकेको थियो ।

पुस २० गते सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा बसेको बैठकले कक्षा ११ र १२ को पाठ्यक्रमबारे परेको रिट सुनुवाई आज गरिने बताईएको थियो । रिट हेर्दा हेर्दे समय अभावका कारण वहस नसकिए पछि रिटको अन्तिम सुनुवाई आज हुन नसकेको हो । यसको अन्तिम सुनुवाई भोलि हुने स्रोतले जनाएको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गणित विषयलाई अवमूल्यन गरेको भन्दै आन्दोलित गणित समाजको समर्थनमा भागवत अर्यालका नाममा मुद्दा हालिएको थियो ।

गत कात्तिक १९ गते सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । रिटमा सर्वोच्चले अन्तरिम आदेश नदिई एकै पटक फैसला दिने तयारी गरेको छ ।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here