Thursday, July 11, 2024
Homeसमाचारनेकपा विभाजन: सूर्य चिन्ह कसलाई ?

नेकपा विभाजन: सूर्य चिन्ह कसलाई ?

पुस ८, काठमाडौँ | तात्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा दुई कित्तामा बिभाजित भएपछि पार्टीको मतचिन्ह ‘सूर्य’ कसले पाउला भन्ने प्रश्न खडा भएको छ । नेकपाका दुई पक्ष मध्ये एकले मात्र सूर्य चिन्ह पाउनेछ ।

टुक्रिएको नेकपाका दुवै पक्षले आफू नेकपाको आधिकारिक पार्टी भनि दावी गर्दै गर्दा जसको हातमा सूर्य चिन्ह रहन्छ, त्योनै माउ पार्टी मानिने दाबी गर्ने ठाउँ रहेको छ । सूर्य चिन्हप्रति पुर्व एमालेहरुको बिशेष मोह रहेको बुझ्न सकिन्छ । त्यसो त माओवादी खेमाले पनि सूर्य चिन्हलाई मानेरै एकतामा आएका हुन् । एमालेलाई मतदान गर्दै आएकाहरुले सूर्य चिन्हलाई मस्तिष्कबाट हटाउन गाह्रो हुने नेताहरुको तर्क छ । त्यसो त सूर्य चिन्हले २०४३ देखिनै चमत्कारिक काम गर्दै आएको र जनता माझ प्रिय चिन्ह भनिन्छ । त्यसो त निरक्षर तथा बृद्ध/बृद्धा जनता माझ समेत सूर्य चिन्ह ठम्याउन सजिलो मानेको विश्लेषण गरिन्छ । एमाले ३० बर्षसम्मको इतिहाससम्म पनि यो चिन्हलाई परिवर्तन नगर्नुले पनि यसको मोहलाई स्पष्ट पार्छ ।

नेता सिपि मैनाली २०५४ फागुन २१ गते एमाले टुक्र्याए र माले पार्टी बनाए । उनको पार्टीको चुनाव चिह्न तारा भयो । नेता मैनालीले त्यतिबेला सूर्य चिह्न नपाउनुको पछाडीको कारण अल्पमत थियो । उनले बनाएको नयाँ पार्टीले चाहेर पनि सूर्य चिन्ह पाउन सकेन । बहुमतले सूर्य चिन्ह राख्दा एमालेको सूर्य रह्यो भने मालेको तारा रह्यो ।

त्यसो त नजिकको इतिहाँसलाई नै हेर्ने हो भने पनि २०७४ सालको चुनावमा एमाले/माओवादीको तालमेल हुँदा पनि माओवादी उम्मेदवारले समेत सूर्य चिन्हमै चुनाव लडेका थिए । त्यसपछि २०७५ मा एकता हुँदा नेकपाले सूर्यलाई चुनाव चिह्नका रूपमा निर्वाचन आयोगमा दर्ता गरेको अवस्था छ ।

यसरी सूर्य चिन्हको ३० बर्ष बढीको इतिहासले ‘जसको वर्चस्व उसकै सूर्य चिन्ह’ भन्ने कुरालाई स्पष्ट देखाएको छ । पार्टीको नाम, झन्डा र चुनाव चिह्न बहुमत सदस्यले पाउने कानुन छ । दुवै पक्षले आफू नेकपाको बैधानिक मान्दै गर्दा पार्टीको नाम, झन्डा र चुनाव चिह्न कसको हातमा जाला हेर्न बाँकी छ । यस विषयको छिनोफानो निर्वाचन आयोगले गर्नेछ । त्यस अघि आफ्नो पक्षमा चुनाव चिन्ह पार्न जुनसुकै कसरत दुवै पक्षबाट हुने निश्चित छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: