Saturday, April 13, 2024
Homeसमाचारप्रचण्डको आदेश बिना कुनै काम गर्दैन : सभामुख...

प्रचण्डको आदेश बिना कुनै काम गर्दैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय इतिहासमै कालो धब्बा आफैले आफैलाई लगाएका छन । संबिधानअनुसार काम नगरी आफ्ना युद्ध कमाण्डर पुष्पकमल दाहाल, प्रचण्डको आदेश नै संबिधान भन्ने निर्णयका साथ सभामुख सापकोटा संबैधानिक परिषदको बैठक बहिष्कार गरी लोकतन्त्र र संसदीय इतिहासमै कालो धब्बा बनेका छन् ।

संबैधानिक परिषदका अध्यक्षका हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बोलाउनु भएको संबैधानिक परिषदको बैठक सभामुख सापकोटाले प्रचण्डको आदेशमा बहिष्कार गरेका थिए । सभामुख कुनै दलको सदस्य हुन नहुने संबैधानिक प्रावधानअनुसार निर्वाचित भएलगत्तै सापकोटाले नेकपाको स्थायी कमिटी सदस्इबाट राजीनामा दिएका थिए । सभामुख दलको सदस्य हुन नमिल्ने, स्वतन्त्र हुनुपर्ने भएकै कारण पार्टी जिम्मेवारीबाट मुक्त हुनुभएका सभामुख सापकोटा हिजोबाट नेकपाको प्रचण्ड–माधव नेपाल समुहको सदस्यका रुपमा आफूलाई परिचित गराएको छन् ।

सभामुख सापकोटा गुटको आदेश पालक बनेर बैठक बहिष्कार गरेपछि संबैधानिक निकायमा रिक्त पदमा नियुत्तिःका लागि दोस्रो पटक हिजो बोलाइएको बैठक पनि निष्कर्षबिहीन टुङ्गियो । यसअघि आइतवार बोलाइएको बैठक बिपक्षी दलका नेता नआएको कारण स्थगित गरी हिजो बोलाइएको थियो । हिजो बैठक बसे पनि सभामुख सापकोटाले बहिष्कार गरेको कारण बिना निर्णय टुङ्गियो ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: