फागुन ७, काठमाडौँ । प्रदेश २ को प्रदेश प्रमुख पदमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
यस अघि शुक्रबार प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी झालाई नियुक्त गरिएको हो । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’ राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।