विशेष गरी कुकिज नियमको उल्लंघन गरेको पाइएको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् । सिएनआइएलको भनाइ अनुसार दिग्ग्ज अमेरिकी कम्पनी अमेजन माथि पनि गुगलको जस्तै आरोप लागेको छ ।
गुगलको फ्रेन्च बेवसाइटमा विज्ञापन कुकिज कम्प्युटरमा सुरक्षित गर्नका लागि भिजिटर्सले मन्जुरी लिएका थिएनन् । नियामकले भनेका छन् कि अनलाइन नियम अनुसार कुनै पनि कुकिजको सेभ गर्नका लागि प्रयोगकर्तासँग अनुमति लिनुपर्छ । तर उनीहरुले ग्राहकसँग अनुमति नै नलिईकन कुकिज सेभ गरिदिएका थिए ।
विवरण अनुसार नियामकले गुगल तथा अमेजनले इन्टरनेट ग्राहकलाई स्पष्ट सूचना दिन अस्वीकार गरेको पाइएको छ । यस्तै सूचनामा पनि अनलाइन ट्रयाकिङ गर्न साथ दिएको पाइएको छ । ती बेवसाइट हेर्ने ग्राहकले कुकिजलाई अस्वीकार गर्ने अवस्था समेत रहन्छ । तर त्यसको सूचना भने दिनुपर्नेछ ।
सीएनआइएलका अनुसार गुगलको साथमा आवश्यक सूचना परिवतर्न गर्न मात्रै ३ महिनाको समय थियो । यदि त्यो समयमा समेत विफल रहेको अवस्थामा संशाृेधन गरिएको थियो ।
त्यो समयमा पनि आवश्यक जानकारी नदिएको अवस्थामा दैनिक १० हजार यूरो बराबरको अतिरिक्त जरिवाना तिर्नुपर्नेछ । नियामका प्रवक्ताका अनुसार उनीहरुको विरुद्धमा वित्तीय अपराध गरेको आरोपमा कडा कारवाही हुनेछ ।