Tuesday, October 15, 2024
Homeआदेश/फैसलाबिवाहित छोरीले पनि अपुताली पाउँने गरी सर्बोच्च अदालतले...

बिवाहित छोरीले पनि अपुताली पाउँने गरी सर्बोच्च अदालतले पहिलो पटक गर्यो यस्तो फैसला

काठमाडौ । सम्पत्ति सम्बन्धि छोरीका लागि नजिर स्थापित हुनेगरी सर्वोच्च अदालतले पहिलो पटक फैसला गरेको छ । कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्तिको हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेसँगै यो नजिर स्थापित भएको हो । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै सर्वोच्चले हकवाला छोरी हुने फैसला गरेको हो । न्यायाधीश सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुँयालको पूर्ण इजलासले विवाहित हुँदैमा छोरीलाई अपुताली लिन नपाए विभेद हुने ठहराएको हो ।

सौतेनीतर्फका छोरा हुँदाहुँदै विवाह भएकी छोरीले अपुताली अंश लिन नपाउने कानुन भएको भन्दै जिल्ला र तत्कालीन पुनरावेदन अदालतको निर्णय उल्टी गर्दै अंश दिने फैसला गरेको हो । सर्वोच्चले पाँच महिनाअघि गरेको फैसलाको पूर्णपाठ मंगलबार ल्याएको छ । ‘विवाहित हुँदैमा छोरीलाई अपुतालीको क्रमबाट बेदखल गर्ने हो भने आफ्नै सन्तान पनि विवाहित छोरी हुँदैमा आमाको अपुतालीबाट बहिष्करण, विभेदित हुने अवस्था आउँछ,’ सर्वोच्चले फैसलामा भनेको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन...

सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश...

रवि लामिछाने संसद र मन्त्री हुन अयोग्य रहेको सर्वोच्च...

सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहर गरेसँगै उनको संसद र मन्त्री पद...

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश

धेरै दिन देखी चलिआएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धी विवाद आज सर्बोच्च अदालतकाे पूर्ण इजलासको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: