म्यानमारको सेनाले म्यानमारमा एक वर्षको लागि शासनसत्ता आफ्नो हातमा लिएर संकटकालको घोषणा गरेको छ ।
सेनाले म्यानमारको नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित प्रदेशका मुख्यमन्त्रीहरूलाई समेत पक्राउ गरेको गरेको छ । उनीहरुलाई सोमबार बिहान आफ्नै निवासबाट पक्राउन गरेको हो । सेनाका अनुसार गत नोभेम्बर चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको हो । तर म्यानमारको निर्वाचन आयोगले भने सो कुरालाई अस्वीकार गर्दै आएको छ ।
केहि समयदेखि म्यानमारमा सेनाले कू गर्न सक्ने बताइएको थियो । नेतृ आङ सान सुकी र राष्ट्रपतिलाई नियन्त्रणपछि राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका सडकमा सेनाहरू गस्तीमा निस्किएका छन्, भने टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।