Thursday, July 11, 2024
Homeआदेश/फैसलासंवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी...

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ खारेज गर्न सर्बोच्च अदालतमा रिट दायर

पुस १, काठमाडौँ । मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले जारी गरेको संवैधानिक परिषद् सम्बन्धि अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा आज रिट परेको छ । अध्यादेश खारेजको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले  सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदका सदस्यहरुलाई विपक्षी बनाइएको छ तर रिट चाहि दर्ता भने भइसकेको छैन । प्रधानमन्त्री केपी ओलीले मंगलबार मन्त्रिपरिषदको बैठकमा जानकारी नदिएरै अध्यादेश ल्याएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेकी थिइन् । राष्ट्रपतिले अध्यादेश जारी गरेसंगै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवरा सहित परिषद बैठक बसेको थियो ।

यसअघि प्रधानमन्त्री एवम् परिषद अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने ब्यवस्था थियो। बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि अध्यादेशमा प्रधानमन्त्रीसहति ३ जना उपस्थित भए पुग्ने प्रवधान राखिएको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन...

सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश...

रवि लामिछाने संसद र मन्त्री हुन अयोग्य रहेको सर्वोच्च...

सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहर गरेसँगै उनको संसद र मन्त्री पद...

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश

धेरै दिन देखी चलिआएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धी विवाद आज सर्बोच्च अदालतकाे पूर्ण इजलासको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: