काठमाडौं । सरकारले गरेको संसद विरुद्धको रिटको सुनुवाई आज भइरहेको छ । सर्वोच्च अदालतमा परेका रिट उपर आज संवैधानिक इजलाशमा सुनुवाइ सुरु हुन लागेको छ । शुक्रबार प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले दर्ता गरिएको दर्जनौ रिट संवैधानिक इजलाशमा पठाउने फैसला गरेको थियो ।
संवैधानिक इजलाशमा प्रधानन्यायाधीशसहित पाँचजना न्यायाधीश हुन्छन् । वरिष्ठ न्यायाधिशहरु दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र मीरा खड्का साहित् प्रधानन्यायाधीशको इजलासले उक्त रिटहरुको सुनुवाई गर्ने छन् ।
संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान रहेको छ । सो फैसला उपर पुनरावलोकन हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले पुस ५ गतेको दिन प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
सरकारको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सो कदम खारेजीको माग गरेर सर्वोच्च अदालतमा एक दर्जन रिट दायर भएका छन् ।