Saturday, April 13, 2024
Homeआदेश/फैसलासर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय माथि...

सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णय माथि रोक लगाएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध फैसला गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग गर्दै दायर गरिएको रिटमा आज फैसला सुनाएको छ । खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारले गरेको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले गत भदौ १८ गते रोक्का रहेको जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको थियो । सो निर्णय उर्वर भूमी मास्ने योजनाका साथ आएको भन्दै रिटमा कित्ताकाट रोक्न माग गरिएको थियो । सर्वोच्चले उक्त मागमा रिट जारी हुने फैसला सुनाएको थियो ।

यस अघि भदौ २९ गते सर्वोच्च अदालतले  कित्ताकाट खोल्ने मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नू भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । २०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्याधिक भएको भन्दै एउटा कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटक मात्र टुक्राउन पाइने निर्णय गरेको थियो ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन...

सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश...

रवि लामिछाने संसद र मन्त्री हुन अयोग्य रहेको सर्वोच्च...

सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहर गरेसँगै उनको संसद र मन्त्री पद...

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश

धेरै दिन देखी चलिआएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धी विवाद आज सर्बोच्च अदालतकाे पूर्ण इजलासको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: