४ जेठ, काठमाडौं । राष्ट्रपतिलाई प्रधानमन्त्रीले हप्काएको भन्दै शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ ।
सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै सर्बोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर द्वारा जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरिएको छ ।