आजभन्दा लगभग २०० वर्ष पहिले मानिसहरुलाई ३००० वर्षभन्दा केही समय अगाडिको इतिहासको मात्र ज्ञात थियो भने त्यो भन्दा पहिले के भयो यो दन्तयकथाहरु तथा अट्कलबाजिहरुको विषय थियो ।
सभ्य संसारको धेरै ठूलो भागमा यो विश्वास गरिन्थ्यो कि संसारको रचना ईसाभन्दा ४००४ वर्ष पहिले अचानक भयो, विगतको सत्य-तथ्य घटनाहरु घटनाक्रमहरु तथा वास्तविकताहरुको आधारमाथि वेद, बाइबल, कुरान, धर्मशास्त्र, दर्शन, राजनीति दृस्ठिकोण, बिज्ञान आदि शिक्षा ग्रन्थहरुको प्रस्तुति निकै कलात्मक तवरले असंदिग्धरुपले एंव अत्यधिक शाब्दिक ब्याख्याले आ-आफ्नो कित्ता बलियो बनाउनका निम्ति आफ्नै अपेक्षाकृत र मनमानी ढंगले ब्याख्या गरेको कुरा प्रती विद्वानहरुमा मतभेद रहेको पाइन्छ ।
अर्थात् पुरा संसार यो बिबादमा छ, यो मानिन्छ कि दुनियाँ जसमा हामी बस्छौं, जसलाई जानिएको र बुझिएको छ अत्यन्त दीर्घकालदेखि ग्रन्थ, दर्शन र विद्याको पहुँचले बिचारको सत्ता मार्फत राज्यव्यवस्था, समाजिक प्रणाली, मानवीय आचार, व्यबहार, चिन्तनशैली, जिवनशैली तथा जीवनव्यबहार लगायत असंख्यक जीवन र जगत सँग जोडिएका अवयबहरुमा समय-समय अनुसार फरकफरक परिवेश देखिन्छ ।
कुनै समय भारतीय उपमहाद्धिपमा वेदकालिन र उपनिषद्कालिन ऋषिहरु शुक्राचार्य, विशिष्ठ, याज्ञावल्कय, अष्टावक्र अनि उपनिषद्कालिन ऋषिमुनिहरु सबैको आफ्नो शिक्षा विस्तार निति अर्थात “स्कुल अफ थटस ” थियो ।
वेदमा देवता, ऋषि र मन्त्र गरि तीन विषय महत्वपूर्ण छन् ।देवताका रुपमा हामी लोकव्यबहारमा पुजा गर्ने देविदेवता पनि कतै छन् भने कतै प्रकृति र प्राकृतिक पदार्थ पनि उतिकै रहेकोछन् । वेदमा ऋषिका स्थानमा हामी शास्त्रमा नाम सुनेका आजका मानिसका गोत्र प्रवर्तक ऋषिहरु पनि छन् र प्रसङ्गअनुसार तत्काल देखापरेका अन्य नामहरु पनि छन् ।
वेदका लक्ष्य र वेदका अङ्ग,वेदका देवता र वेदका ऋषि, वेदका उदेश्य र वेदले देखाएका कर्म यी कुराहरू बिचको टकरावलाई कतिपय ठाउँमा वेदले सामाजिक सांस्कृतिक, राजनीतिक, धार्मिक र नैतिक मान्यताहरुको समुज्जवल चित्र उपस्थित गर्छ, त कतिपय ठाउँमा निकै स्वेच्छाचारी ढंगले सत्ता आरम्भ गरेको पाइन्छ ।
समग्रमा वेदको लक्ष्य व्यक्तिको सर्वाङगिण विकास गर्नु हो वा जीवन जिउनेशैलीलाई दु:खकारकबाट बचाउनका निम्ति प्रदानगरिएको बिद्या हो जुन बिद्याले अबिद्याको ज्ञानलाई नाश गर्दछ्न र व्यक्तिलाई पतनको खाल्डोमा पर्नबाट जोगाउछ्न र पन्चकलेशबाट पीडित हुनदिदैन ।
समयको साथसाथै वैदिक साहित्यको जटिलता पनि बढदै गएको र यसलाई अर्थ दिने नयाँ विषयको उठाउनमा अतिवादी अवधारणाले गर्दा पनि वेदलाई द्वन्द्वात्मक र मतभेदी बनाइएको कुराहरू पनि प्रष्ट हुन्छ।
शिक्षा व्याकरण कल्पो निरुक्तं ज्योतिष तथा ।
छ्न्द ; षडङगानीमानी वेदाना कीर्तितानिही ।
अर्थात् शिक्षा, व्याकरण, कल्प, निरुक्त, ज्योतिष एवम् छ्न्द यी वेदका छ अङ्ग मानिन्छ । वेद शिक्षाको सन्दर्भमा उदात्त अनुदात्त र स्वर, कालक्रम स्थान र प्रयत्नअनुसार उच्चारण गरि अक्षर पढ्ने ज्ञान पाइन्छ त्यसलाई शिक्षा भनिन्छ । शिक्षाको सम्बन्ध शास्त्रसँग छ । ऋषिहरुले वेदका उच्चारणमाथि सर्वाधिक ध्यान दिएका छन् । उनहरुले ब्याख्या गरे अनुसार जुन साहित्यद्वारा स्वर मात्रा र उच्चारणमाथि विचार गरिन्छ त्यसलाई शिक्षा भनिन्छ भने विद्वानहरुको धारणअनुसार ‘स्वर या वर्ण’ को विषमताले शब्दहरु दुषित बन्छन् । फलस्वरूप कामना सिद्ध हुने आशा नष्ट हुन्छ।
वेदमा शिक्षा ग्रन्थहरुको सङ्ख्या धेरै छन् । जसले जुन शाखाबाट वेदपाठ सिक्यो, उ त्यही शाखाको वंशपरम्परालाई मान्यता दिदै आयो ।
त्यस्तै ‘कल्पसुत्र’ हरु द्वारा कर्मकाण्ड तथा धर्मशास्त्र सँग सम्बन्धित गहन परिचय स्थापित गरेको पनि देखिन्छ अर्थात् वेदमा भएको कर्मको व्यवस्थित कल्पना गर्ने शास्त्र ‘कल्प’हो।
कल्पको माध्यमले ब्राह्मण भागको बाकी अंशबाट यज्ञका निमित्त स्रोतसुत्र हुने भनिएको पनि पाइन्छ । स्रोतसुत्रका १४ सङ्ख्यालाई गरिएको ब्याख्या मार्फत भारतवर्षको प्राचीन यज्ञपद्धतिको राम्रो परिचय मिल्छ तर कतिपय ठाउँमा यसै कल्प सुत्रहरु द्वारा ब्राह्मणहरुले आफ्नो जिवनजिउने कमाउने “चालाखिबाद” सिद्ध विचारलाई स्थापित गरेको देखिन्छ, भलेहि वेदमा यी कुराहरू लेख्यरुपमा प्रष्ट किन नहोस् तर मानव समाजमा हुने धर्मकर्म प्रतिको आस्थाविस्वास माथि निकै मसिना तवरले स्वर्ग र नर्कको बिच कष्टकर र मोक्षरुपी ब्याख्याले डरत्रास बढाएर सोच्न बाध्य बनाएर, ढुङ्गालाई पैसा फलफूल र ब्राह्मण दान गौ भोजन, ब्राह्मण भोजन आदि मार्फत मोक्षपाउने कुरालाई ईम्फेसिस गर्दछ्न।
स्रोतसुत्रपछी गृहयसुत्र, धर्मसुत्र र शुल्वसुत्र गरि यी ४ सुत्रमा बाधेर राम्रो अर्थमा लाभान्वित अनेकार्थिक अर्थमार्फत युगान्तकारी ढंगले ब्राह्मणहरु आफ्नो अधिपत्य या क्षेत्रअधिकारलाई सुनिश्चित गरेको पाइन्छ ।
जस्तै; गृहयसुत्रको माध्यमबाट जन्मदेखी – मृत्युसम्म गरिने समस्त संस्कारको वर्णन गर्नु, पन्चमहायज्ञ, पाकयज्ञ, श्रद्धा आदि मुक्तिको भाव देखाई भावनामाथि र समाजिक सांस्कृतिक रितिरिबाज माथि ब्राह्मण अधिपत्य हाबी भएको पनि देख्न पाइन्छ । त्यस्तै धर्मसुत्रको माध्यमबाट समाजिक जीवन सन्चालनका लागि आफ्नो फाइदा अनुकुल नियमहरुको विवेचना गरेको पनि पाइन्छ, धर्म विवेचना, वर्णश्राम व्यवस्था, राजाप्रजाको कर्तव्य, विवाहको प्रकार, स्त्रीहरुको स्थान कर्तव्य स्थान, निर्षिद भोजन, के खाने, के नखाने, के खादा राम्रो हुने, के खादा नराम्रो हुने, शुद्दी, प्रायशिचत विषयवस्तुको उठाउनसँगै जीवन दिशालाई दर्शन गराएको पाइन्छ । त्यस्तै सुनपानी छर्ने, पाप पखाल्नुलाई गंगा स्नान गर्ने, ईश्वरलाई कोसेली भेटी, बल्ली चढाउने आदि कुराहरूबाट पनि ब्राह्मणहरुको चालाखीवाद बिचार सिद्ध भएको देखिन्छ ।
वेदका चार सुत्र मध्ये ‘शुल्वसुत्र ‘ पनि अत्यन्त महत्त्वपूर्ण सुत्र मानिन्छ । शुल्वको शाब्दिक अर्थ क्रियात्मक छ । नाप्ने, तौल गर्ने, स्थान चयन गर्ने आदि निर्माण सम्बन्धि विभिन्न विधिको उल्लेख छ । यो ग्रन्थ ज्यामितिको प्राचिनत्म ग्रन्थको रुपमा मान्ने गरिन्छ ।
आजको २१औ शाताब्दिको उत्तराधमा पुगेको यस युग जसलाई हामी ज्ञान बिज्ञान प्रविधि मैत्री भइसकेको युग मान्छौ, जुन युगमा मानिस चन्द्रमा सम्म पुग्न सफल रहेको छ या मंगल् ग्रहमा घर बनाउने योजना अघिसारेको सुन्न पाइन्छ, जहाँ हवाईजहाज, रकेट आदि कुराको पहुँच छ । प्राचीन वेदकाल र उपनिषद्कालका ऋषिमुनिहरुले पनि विचार सिद्ध प्रमाण दिएको पाइन्छ ।
जस्तै; भरद्वाज ऋषि द्वारा ज्यमितियसुत्रको आविस्कार गरिएको कुरा, बिना इन्धन आकाशमा उडने “हंसविमान” को आविस्कार भएको कुरा आदि रामायणकाल अर्थात् त्रेत्रायुगमा रावणले भरद्वाज ऋषिबाट उपहार स्वरूप पाएको “हंसविमान” उडेको कुरा पनि प्रमाण छ।
वेद, वेदका अङ्ग, उप-अङ्ग, वेदान्त, वेदमा न्यायदर्शन, वैशेषिकदर्शन, साङख्यादर्शन, योगदर्शन, वैदिक वाङमय, तन्त्रशास्त्र, यन्त्रबिज्ञान, यी कुराहरु निकै प्रसिद्ध छ। वेदमा वेदान्तको स्थान र वेदान्तलाई देख्ने दृस्ठिकोण वेदका अन्तिम ध्येय र कार्यक्षेत्रको शिक्षा दिन्छ। वेदमा वेदान्तको अनुसार एक अद्दितय ब्रह्म नै मायाले संसारमा नानारुपमा उत्पन्न भएकाछ्न अरु केही सत्य होइनन् भन्ने नै वेदान्तको मत हो। यसको मुल श्रेय नै ब्रह्मलाई जान्ने जिज्ञासालाई शान्त गरिएको छ।
त्यस्तै, वेदमा “न्यायदर्शन ” लाई न्यायविद्या, तर्कशास्त्र तथा अन्विक्षिक पनि भनिन्छ । भाव-अभाव पदार्थको प्रत्यक्ष आदि प्रमाणले विचारपुर्ण तर्क गरिन्छ । यश दर्शनमा मुख्यत; शुद्ध विचारक विषयमा वर्णन गरेको पाइन्छ र प्रमाणहरु द्वारा कुनै विषयको परिक्षा गर्नुनै न्याय मानिन्छ । यसमा प्रमाण सम्बन्धि मात्र नभइ भौतिक जगत सम्बन्धि, आत्मा तथा मोक्षसम्बन्धी र ईश्वर सम्बन्धि पनि चर्चा गरेको कुराहरू पनि प्रष्ट हुन्छ।
त्यस्तै वैशेषिक दर्शनलाई पनि वेदमा जिवन-जगत र मोक्षको बाटो भनेर अनुमान गरिएको पाइन्छ, “खेतबाट खोजेको अन्नकणको सहाराले जिवनयापन भएको र भविस्य सम्म किसान् र कृषि नै अन्तिम विकल्प रहने भनिएको पाइन्छ “।
वेदको उप-अङ्गमा भएको छ वटा दर्शन मध्ये “साङख्यादर्शन” पनि उतिकै महत्त्वपूर्ण चर्चा मत र अभिमतको विषय रहेकोे छ । साङख्यादर्शनमा प्रमुख दुई तत्त्वहरुलाई केन्द्रमा राखेर बहस बनेको देखिन्छ । पुरुष र प्रकृति । आ-आफ्नो अस्तित्वका लागि दुबै परस्पर निरपेक्ष छन् । एक पुरुष आठ प्रकृति, सोह्र विकार तत्वहरु यी सबै साङख्यादर्शनकै विशेषताको अध्यन रहेको शास्त्रलाई जनाउँछ । साङख्यादर्शनले समस्त जगतलाई निर्जीवप्रधान या प्रकृतिको विकास मान्छ।
त्यस्तै “योगदर्शन” ले साङ्ख्याको प्रमाण र तत्त्वलाई मान्छ । एकग्र ध्यान योगदर्शनको मुख्य र योगको अभ्यास मानिन्छ । शरीर, इन्द्रिय, मनका समस्त बन्धनबाट रहित भएर शुद्ध आत्मासँग साक्षात्कार गर्न चाहनेहरुको लागि योग एक महान साधन हो। योगका आठ अङ्ग छ्न । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र सामाधी यी विधिलाई आत्मसात गर्ने र निरन्तर अभ्यास गर्नेले शक्तिशाली बन्ने वेदले भनिएको छ । समग्रमा ध्यान र नैतिकतापुर्ण कर्मको सम्योगले नै जुनसुकै क्षेत्रमा सफल हुने र बलियो बन्ने कुराको मुल भनिएको छ।
त्यस्तै वेदमा “वैदिक वाङमय” को विभिन्न शाखाहरुको महत्त्व लगायत अन्यकालाहरुको पनि परिचय गरेको छ। इतिहास, पुरान, स्मृति, विद्या र कला, अर्थशास्त्र, कामशास्त्र, शिल्पशास्त्र आदि जान्नै पर्ने विषयवस्तुको उठाउन गरेको पाइन्छ । वेदका आधारमा प्रतिपादित वाङमयहरु नै वैदिक माङमय हुन। संसारमा वैदिक संस्कृति मानेर जीवन निर्वाह गरेका मानिस कहाँकहाँ होलान्, कति होलान्, को कहिले कहाँ थिए, अहिलेको कता सरे, कुन कुन व्यबहार को सँग, कसको व्यबहार भिन्न छ भन्ने कुराको खोज अनुसन्धान गरेर तथ्यांकमा प्रष्ट पार्ने पाटो भिन्नै छ ।
वेदलाई कसैले भगवानको मुखको वाणी भन्छन्, कसैले अनादित भन्छन्, कसैले संसारका सबभन्दा जेठो दर्शन शास्त्र भन्छन्, कतिले पुरान हो र वास्तवमा यो के हो भन्ने कुरा पनि खोजेर टुंगो लगाउन विद्वानहरु जुटेकै होलान् तर पनि संसारको वैदिक साहित्य पुरानो पक्कै हो । पुरानो हो भन्ने कुरालाई अस्विकार गर्न नसकिने धेरै कुरा हाम्रै सामु छ ।
भारतीय उपमहाद्दिपको वेदकालिन र उपनिषद्कालिन ऋषिमुनिहरुको शिक्षा विस्तार निति र क्रमशः धेरैपछी देखापरेका धेरै दार्शनिकहरु जस्तै; एथेन्समा प्लेटो, जरथ्रुष्ट, एपिकुरु आदि र चिनमा कन्फ्युसियस, लाओत्सु आदि सबैको आ-आफ्नो शिक्षा विस्तार जीवनपद्धति अर्थात् “स्कुल अफ थटस” थियो । पछी गौतम बुद्धको शिष्यहरुले पनि नयाँ स्कुल अफ थटसको स्थापन गरे त्यसपछि मार्क्सको “स्कुल अफ थटस” ले सबै पुराना बैचारिक स्कुलहरुको जग हलाइदियो र ईश्वरवादको सम्पुर्ण पाखण्डहरुलाई उछिढो काटे, गरिब वर्गहरुको छुट्टै स्कुल स्थापन गरे । होला पनि तर वेदकालिन समयमा ज्ञान बिज्ञान प्रविधि पुर्णरुपले विश्वब्यापी मैत्री भइसकेको थिएन । ऋषिमुनिहरु मार्फत मानिसहरु बाच्ने जिवनशैलिमा सुधार ल्याउनहेति, ऋषिमुनिहरुको ठूलो योगदान रहेको कुरा पनि उतिकै सत्य छ जति सत्य सत्य छ ।
ऋषिमुनिहरुको अनुसार “मानिस बदलियो भन्ने समाज आफै बदलिन्छ भने उदेश्य साथ मानव सेवामा निरंतरता रहेको कुरा पनि पढ्न , बुझ्न पाइन्छ’ जबकि मार्क्सको प्रतिपादित सिद्धान्तहरु अनुसार “समाज बदलियो भने मानिस आफै बदलिन्छ भने ” अवधारणा प्रचुरमात्रामा जान्न पाइन्छ ।
तर समग्रमा भन्नुपर्दा “वेद र उपनिषद्कालिन ऋषिमुनिहरु, गौतम बुद्ध एवं अनेकौं देखापरेका दार्शनिकहरु सम्पुर्णको उदेश्य “मानिस बाच्ने कलाहरुमा सहजता फुलाउने नै रहयो र तत्कालीन समाजिक परिपाटी भन्दा उच्च र नैतिक अनुपम समाज निर्माण नै रह्यो । त्यो त हाम्रो मानसिकताको दोष भन्नुपर्छ । हामी कुनैकुनै ठाउँमा, धर्ममा केही खास जतिविशेष मातहत देखेर हामी विशुद्ध तरिकाले बाच्नुको सट्टा धर्म ग्रन्थलाई नै बहिष्कार गर्ने तर्फ लाग्यौ । रुखमा फलेको हजारौं आँप मध्ये कुहिएको आँप टिपेर फाल्नुको सट्टा रुख नै काटने आट गर्यौ ।
फेरि भन्नुपर्दा पनि त्यो हाम्रो मानसिकताको दोष नै भन्नुपर्छ कि हामी वेदको ज्ञान मार्फत, नियम र राम्रो युक्तिबाट धन कमाउन अर्थशास्त्रलाई व्यबहारमा लागू गर्नसकेनौ, सुन्दर दरबार, घर, प्रतिमा, देवमनिदर, उधान आदि निर्माण एवम् संस्कार गर्ने शिल्पशास्त्रलाई अङगान सकेनौ ।
अनेक प्रकारका नितिनियमसाथ रथ, हाक्ने, हात्तीघोडा चढने, माटो, काठ, ढुङ्गा वा धातु आदिका भाडावर्तन बनाउन जानेनौ, चामल, अन्नकण, बोटबिरुवाबाट रंग बनाइ चित्र कोर्न, तलाउ, पोखरी, भवन, जमिन सम्याउने घडी बाजा आदि अनेक थरीका यन्त्र बनाउन जानेनौ । कमसल, मध्यम आदि रंगको मिश्रणबाट कपडा रङगाउन, जल, वायु र आगोको संयोग र निरोध गरेर काम गर्न जानेनौ । फलाम, सिसा आदिबाट हातहतियार या भाडाकुडा बनाउन जानेनौ।
स्वर्णादी धातुलाई अनेक प्रकारबाट सजाउन र कृत्रम सुन रत्नहरु बनाउन जानेनौ । आखिर, आज हामी यी कुराहरूको दैनिक प्रयोग गरिनै रहेका छौ तर हामी आफू उत्पादन गर्न जान्नुको सट्टा अरुले उत्पादन गरिदिए बापत प्रयोग गरिरहेका छौ । वास्तवमा हामी के जानेका छौ त, कस्तो वर्गसंघर्ष र कस्तो वर्गीय समाजको कल्पना गरेका छौ त ? जहाँ सम्म मलाई लाग्छ हामी केवल पैसा कमाउन मात्र जानेका छौ र तेहि पैसाको घाकमा आफू भौतिकवादी र उपभोक्तावादी बनेका छौ। कला र साहित्य हारेर परनिर्भरता आर्जेका छौ ।
नेपालको सन्दर्भमा बि.स. १८७१ मा जन्मिएको आदिकवि भानुभक्त आचार्य, उनले गणेश चौथिमा २१ वटा फुलहरुलाई गणेश पुजाहेती प्रयोग गर्नुभएको ती सम्पुर्ण फुलहरु लाई गहन अध्यन अनुसन्धान गर्दा औषधिमय बनस्पति ठहरेको कुरा हामी नेपालीहरुको लागि भविस्य सम्म काम लाग्ने संचित सम्पत्ति नै छन् कि ? सानो रुघाखोकी लागे पनि डाक्टर धाउनेलाई घासपात नै लाग्ला। तर उनले एक श्लोक मार्फत देखाउनु भएको यी औषधिमय बनस्पति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण माइना राख्छ । जस्तैः मासभृङगी , बेल, दुबो, बैर र धतुरो, तुलसिके पात, बेहिका पात, समिका, अक, औसेली, गुमबापाती आदि गरि जम्मा २१ छन् ।
त्यस्तै, लप्सी, तितौरा, च्यामपटी, पारिजात (हरसिङगार ), शिरिष, पिपल, वर, तरुल, गाजा, भाङ, गुराँस, रक्तचन्दन, जटामसी, लजावती, रेगनि, जलकुम्भी, वनमारा, सुनगाभा, औलो, बेसि, हिमाली यायन्ट लिलि फुल, सिमलको फुल, बेसार, दालचीनी, क्यान्सरको लागि ढयाङगो सल्लो, अर्किसको बोट, चान्दिगाभा, पाच औलो, मेथी, निम, अलैंची, उन्यु, खजुर आदि अनेकौं औषधिमय बनस्पतिको उचित प्रयोग गर्न जान्यौ भने हामीलाई जुनसुकै र जस्तोसुकै रोगलाई निकोपार्न आजको आधुनिक डाक्टर कहाँ धाइराख्नु पर्दैन र हाम्रो समाजबाट परनिर्भरता पनि कम हुदै जानछ कि भन्ने मेरो आशामा भविष्य देख्ने सपनाहरू अडकेको जस्तो भयो ।
( लेखक : रौतहट घर भएको सन्दिप गिरी हाल पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन अध्ययनरत बिधार्थी हुन् । )
यो पनि पढ्नुहोस् : विवाह भनेको के हो? विवाह सम्बन्धी कानुनी व्यवस्थाको वारेमा सम्पूर्ण जानकारी ।