Sunday, June 23, 2024
Homeसमाचारनेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँ द्वरा पाँच...

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँ द्वरा पाँच व्यवसायी फर्म बिरूद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले पाँच व्यवसायी फर्म बिरूद्ध अदालतमा मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गरेका तथा उपभोक्ता ठगीको आरोपमा पाँच व्यवसायी फर्म बिरूद्ध मुद्दा दायर गरिएको जनाइएको छ ।

गोरखकाली ग्याँस सेन्टर, मातारानी ट्रेडिङ प्रालि घट्टेकुलो, न्यू टीका डेरी सेन्टर, एम लाल स्टोर्स महाराजगञ्ज र गोरखकाली हार्डवेयर लोलाङ बिरूद्ध मुद्दा दायर गरिएको नेपाल गुणस्तर तथा नापतौलका कार्यालय प्रमुख मनिष कुमार दासले बताए ।

मातारानी ट्रेडिङ प्रालिले चामलमा व्यापक मात्रामा ठगी गरेको दासले जनाए । रिपुराज एग्रो प्रालि भारतमा उत्पादित महाशक्ति ब्राण्डको चामलले २५ किलोको बोरामा २१ किलो राखेर बिक्री वितरण गर्दै आएको अनुगमनका क्रममा भेटिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

‘अनुगमनका क्रममा एउटै बोरामा चार किलोसम्म कमी पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेका हौँ’, उनले भने ।

मातारानी ट्रेडिङ प्रालिले भारतीय उद्योगमा उत्पादित चामलको बोरामा स्थानीय (लोकल) चामलसमेत हालेर बिक्री वितरण गर्दै आएको नापतौल कार्यालयले जनाएको छ ।

यस्तै न्यू टीका डेरी सेन्टरले दूधको पोकामा घटी मात्रामा राखेर बिक्री वितरण गरेको भेटिएको छ । अनुगमनका क्रममा एक लिटर दूधको पोकामा ५० मिलिलिटर तथा आधा लिटर दूधको पोकामा ३० मिलिलिटर कमी भेटिएको छ ।

गोरखकाली ग्याँस सेन्टर, एम लाल स्टोर्स र गोरखकाली हार्डवेयरले अनुमतिपत्र नलिई व्यवसाय सञ्चालन गरेकाले कारबाहीका लागि मुद्दा दायर गरेको हो ।

कार्यालयका सूचना अधिकारी निराजन पुडासैनीले चालु आवमा अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरेबापत दुई हजार ७०८ व्यवसायीलाई कारबाही गरेको जानकारी दिए ।

यस्तै चालु आवमा ४२४ व्यापारीले नाप्ने तौलने यन्त्रको इजाजतपत्र नवीकरण गर्नुका साथै एक हजार ५५० व्यापारीले नाप्ने तौलने यन्त्रको जाँच गरेका छन् । कार्यालयले ३७९ पेट्रोल पम्प जाँच गर्नुका साथै दुई हजार ५०७ ट्याक्सीको मिटर जाँच गरेको छ । सो क्रममा विभिन्न शीर्षकमा रु ५२ लाख २० हजार ५७९ राजश्व सङ्कलन गरेको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: