बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वाेच्चद्वारा परमादेश जारी

Supreme Court

सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश गरेको हो।

सर्वोच्च अदालतले गत साउन २३ गते फैसला गरेको थियो भने पूर्णपाठ अहिले सार्वजनिक भएको हो। ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

२०७८ सालमा दायर भएको रिटमाथिको फैसलामा सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको अवस्थामा अस्पतालले दिएको प्रमाणपत्रका आधारमा बाबुको नाम नराखी आमाको नामबाट पनि नागरिकता दिनुपर्ने आदेश गरेको छ।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here