भरपाई भनेको के हाे | भरपाईको नमूना सहित भरपाई लेख्दा ध्यान दिनुपर्ने कुराहरु

भरपाई भनेको के हाे

भरपाई भनेको घरायसी लिखतमा पर्ने कागजात हो। भरपाई दुइवटा शब्द भर र पाई मिलेर बनेको छ । भरपाईको मतलब एउटा मान्छेले कुनै कुरा बुझाएको र अर्को मान्छेले उक्त कुरा बुझेको छ भनेर बुझिन्छ । अर्थात् नगद वा जिन्सी वस्तु बुझाउनेले लिने र ती नगदी वा जिन्सी वस्तु बुझ्ने व्यक्ति वा कार्यालयले लेखिदिने कागज भरपाई हाे।

भरपाई लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?

भरपाई लेख्दा ध्यान दिनुपर्ने कुराहरु तल बुँदागत रुपमा लेखिएको छ :-

  • भरपाई रसिदको ढाँचामा लेखिन्छ,
  • धेरैं वस्तु लेख्नु परेमा ती वस्तुहरूको सूची तपसिलमा लेख्ने,
  • भरपाई लेखने को हो, भरपाई लिने को हाे, तिनीहरूको नाम, ठेगाना सहित प्रष्ट लेख्नुपर्छ,
  • लेनदेनको सिलसिलामा नगदी, जिन्सी के बुझाएको हो, किन बुझाएको हाे, कति बुझाएको हो, कहाँ र कहिले बुझाएको हो आदि कुराहरू बारे प्रष्ट उल्लेख गर्नुपर्छ,
  • भरपाई लेख्दा दादै, आगे, रोज शुभम् आदी शब्दहरुकाे प्रयाेग आवस्यकता अनुसार गर्ने,
  • भरपाई लेख्दा भरपाईको अन्तिममा मिति लेख्नुपर्छ।

भरपाईकाे नमूना

तमसुक नभेटिएको भरपाईको नमूना
तमसुक नभेटिएको भरपाईको नमूना
ब्याज बुझेको भरपाईको नमूना
ब्याज बुझेको भरपाईको नमूना
बाली बुझेको भरपाईको नमूना
बाली बुझेको भरपाईको नमूना

छुटाउनु भयाे कि :- तमसुक भनेको के हो र तमसुक कसरी लेख्ने ?

BALLB Entrance Preparation Class Admission Open in Nepal

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here