जनता को हुन त ?
बोल्ने खाने र हिड्ने मात्र जनता हैनन यो देशको भुमी, संरचना, हावापानी, जमिन र सिमान्कन पनि जनता हुन।
बहुदलीय प्रणाली कस्तो हुन्छ??
दुई वा सो भन्दा धेरै राजनीतिक दलहरु मिलेर कुनैपनी देशको शासन सत्तालाई निरन्तरत दिदै राज्यप्रणाली लाई सन्चालन गर्नुलाई बहुदलिय प्रणाली भनिन्छ। नेपालमा बहुदलीय प्रणालीको अभ्यास वि.सं. २०४६ सालपछि सुरुवात भएको हो । एसियाली मुलुकहरूमा बहुदलीय प्रणालीको अभ्यास गर्ने मुलुकहरूमा नेपाल पनि कान्छो मुलुकमा पर्दछ।
जबजका सिद्धान्तहरू के-के हुन् ?
सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडनलाई अन्त्य नगरी नेपाली समाजको प्रगतिशील विकास सम्भव छैन । औद्योगीकरण बिना देशको प्रगति सम्भव हुदैन र राष्ट्रिय पुजीको विकास नगरी आत्मनिर्भर औद्योगिक राष्ट्रिय अर्थतन्त्रको विकास सम्भव हुदैन । यसैको फल स्वरुप जन्मिएका हुन जबजर जन्मदाता जनबादी जननेता कम्रेड मदन कुमार भण्डारी ।
जनताको बहुदलीय जनवादका आफ्नै मान्यताहरु छन् । जस्तो जनवादी राज्यसत्ता प्राप्त गर्नु, स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष, जनवादी गणतन्त्र घोषणा गर्ने, मानव अधिकार र मौलिक हक-अधिकारको प्रत्याभूति दिने, संविधानको सर्वोच्चता, कानुनको शासन, बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार र अल्पमतको विपक्षी आदि जबजका राजनीतिक मान्यताभित्र पर्छन् । साथै, सबै खालका पुँजीवाद, सामन्तवाद वैदेशिक एकाधिकार, पुँजीवाद, शोषण, उत्पीडन र प्रभुत्ववादका सबै खाले स्वामित्वहरु अन्त्य गर्नु, क्रान्तिकारी भूमिसुधार लागू गर्नु, सामन्तहरुका हदभन्दा बढी जमिन विनामुआब्जा जफत गरी गरिब किसानहरुलाई वितरण गर्नु र जनवादी अर्थ व्यवस्था लागू गर्नु जबजका आर्थिक पक्षहरु हुन् ।
जाति, भाषा र धर्मका आधारमा हुने भेदभावलाई अन्त्य गरी एकाधिकार हुन नदिने, धार्मिक स्वतन्त्रता, समानता, महिला र पुरूषबीचको समानता, समान ज्यालाको व्यवस्था लागू गर्ने । जातपात र छुवाछूतको प्रथालाई अन्त्य गर्ने । आधुनिक र प्रगतिशील गुणात्मक शिक्षा लागू गर्ने । आफ्नै देशको विशिष्टताको आधारमा साम्राज्यवाद र विस्तारवादको विरोध गरी सन्तुलित विदेश नीति लागू गर्ने आदि आदि जबजका गुणात्मक पक्षहरु हुन् ।
त्यसै गरि जबज सिद्धान्त अनुसार राज्य सन्चालन र विधिको शासन अनुरुप हुनै पर्ने कुरा हरु – संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिस्पर्धा प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष,कानूनको शासन, जनताको जनवादी व्यवस्था, विदेश नीति, पुजि र प्रबृत्ति आदि ।
🖎 : श्याम शाह
यो पनि हेर्नु हेर्नुहोस : छोरीको पिडा कहिले सम्म?
First paragraph really touch my mind 👏