Saturday, April 13, 2024
Homeसमाचारबेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन दुवर्यवहारकाे आरोपमा पक्राउ परेका सांसदको नाम गोप्य राखिएको बीबीसीले जनाएको छ । सन् २००२ देखि २००९ सम्मको अवधिमा दुर्व्यवहार गरेको आरोपमा उनलाई हिरासतमा राखिएको महानगरीय प्रहरीले जनाएको छ।

अनुसन्धान भइरहेकाले उनलाई प्रमुख सचेतकले संसदमा उपस्थित नहुन भनेका छन् । उनीमाथि सार्वजनिक कार्यालयमा विश्वासको पदको दुरुपयोगको आरोप पनि लागेको बीबीसीले जनाएको छ ।

‘सन् २००२ देखि सन् २००९ को अवधिमा गरिएको भनिएको यौन दुर्व्यवहारबारे महानगरीय प्रहरीले सन् २०२० को जनवरीमा एउटा रिपोर्ट प्राप्त गरेको थियो’ महानगरीय प्रहरी प्रवक्ताले भने, ‘घटना लण्डनमा भएका थिए ।’ लण्डनको महानगरीय प्रहरीका अनुसार ‘केन्द्रीय विशेषज्ञ अपराध एकाई’ ले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

त्रिविका सबै क्याम्पसमा ११ गतेदेखि अनलाइन कक्षा, अनलाइनबाटै परीक्षा...

त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: