Sunday, April 21, 2024
Homeकानूनी जानकारीकानूनी लिखतअभियोगपत्र भनेको के हो ? अभियोगपत्रमा उल्लेख गर्नुपर्ने...

अभियोगपत्र भनेको के हो ? अभियोगपत्रमा उल्लेख गर्नुपर्ने कुराहरु के के हुन् ?

कसैमाथि कुनै फौजदारी अपराध गरेको भनी दोष लगाउने कामलाइ अभियोग भनिन्छ। दोष लगाइएको व्यक्तिलाई यसले, यसरी, यो कसुर (अपराध) गरेको देखियो, त्यसकारण यो कानुन बमोजिम यसलाई यति सजाय गरिनु पदर्छ, भनी सरकारको तर्फबाट अदालतसमक्ष पेश गरिने दोषारोपण लिखित पत्रलाई अभियोगपत्र भनिन्छ।

अनुसन्धानबाट संकलित सबुद प्रमाणका आधारमा सबै वा केही व्यक्तिउपर आवश्यक प्रमाण सहित सजायको माग दाबी गर्दै अदालत वा न्यायिक निकाय समक्ष दायर गरिने कानूनी लिखतलाई अभियोगपत्र भनिन्छ ।

अभियोगपत्र दुईवटा शब्द अभियोग र पत्र मिलेर बनेको छ । अभियोगको मतलब कुनै कसुर गरेको दोष वा आरोप लगाउनु हो । पत्र भनेको कागज वा कुनै कुरा लेखिएको पत्र हो । अर्थात अभियोगपत्र भनेको कुनै कसुर गरेको आरोप लगाएको लिखित पत्र हो ।

अभियोगपत्र फौजदारी मुद्दाको विषय हो । अभियोगपत्र फौजदारी प्रकृतिको मुद्दामा मात्र दायर हुन्छ । कुनै पनि फौजदारी मुद्दाको सुरुवात अभियोग पत्र दायर गरेपछि मात्र मुद्दाको कारवाही सुरुको प्रक्रिया अगाडि बढ्छ । फौजदारी मुद्दामा अपराधको अनुसन्धान तहकिकात पछि कुनै पनि व्यक्ति विरूद्ध तयार गरिएको उजुरी अभियोगपत्र हो ।

प्रहरी कार्यालयमा जाहेरी दरखास्त परेपछि उक्त कसुरको बारेमा खोज अनुसन्धान गर्न एकजना प्रहरी अधिकृतलाई अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालयले तोक्दछ। यसरी जिम्मा पाएको अनुसन्धान अधिकारीले दोष लगाईएको व्यक्तिलाई अदालतमा उपस्थित गराइ अनुसन्धान गर्ने अनुमति माग्दछन्।

अदालतले अनुसन्धान गर्ने अनुमति दिएपछि शंका गरेको व्यक्तिलाई हिरासतमा राखी वा हाजिर जमानीमा छाडी मुद्दाको अनुसन्धान गर्दछन्। अनुसन्धानबाट दोषी देखिएमा यो कारणबाट दोषी देखिन्छ त्यसैले निजलाई सजाय हुनुपर्दछ, भनी अनुसन्धान अधिकृतले आफ्नो राय सरकारी वकिल समक्ष पेश गर्दछन्। यसरी पेश भएको राय बमोजिम मुद्दा चलाउन ठिक छ वा छैन भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्दछन्।

मुद्धा चलाउन ठिक भन्ने देखेमा यो जाहेरी बमोजिम यसरी गरेको अनुसन्धानबाट फलना व्याक्ति यो कसूरको कसुरदार देखियो त्यसकारण यो यो कानुन बमोजिम यसलाई यति सजाय गरिपाउँ भनि सरकारी वकिल कार्यालयले दोषीलाई साथै राखी अदालतमा पेश गर्ने उजुरी नै अभियोगपत्र हो। फौजदारी कार्यविधिको सुरुवात नै अभियोगबाट बाट हुने गर्दछ।

अभियोगपत्र र अभियोग पत्र दायर गर्दा अभियोगपत्र मा उल्लेख गर्नुपर्ने कुराहरू सम्बन्धी व्यवस्था मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ काे परिच्छेद ३ काे दफा ३२ मा गरिएको छ।

अभियोग पत्र सरकारी वकीलले अदालतमा पेश गर्छ। सरकारी वकिलले अभियोगपत्र तयार गर्दा कानूनले तोकेको ढाँचामा अभियोग पत्र तयार गर्नुपर्छ। मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ ले अनुसूची २० मा अभियोग पत्रको ढाँचाकाे व्यवस्था गरेको छ ।

अभियोगपत्र दायर वा तयार गर्दा अभियोग पत्रमा उल्लेख गर्नुपर्ने कुराहरु यस प्रकार छन् :-

(क) अभियुक्तको पूरा नाम, थर, ठेगाना, हुलिया, उमेर, पेशा वा व्यवसाय,

(ख) अभियुक्तको बुबा, आमा वा पति, पत्नीको नाम,

(ग) अभियुक्त बसोबास गरेको गाउँपालिका वा नगरपालिका, वडा नं., गाउँ, टोल, भएसम्म ब्लक नं.,

(घ) अभियुक्तको वास्तविक पहिचान हुने विवरण, निजको फोटो, नागरिकता वा राहदानी, सवारी चालक इजाजतपत्र वा निजको वास्तविक परिचय खुल्ने अन्य कागजातको प्रतिलिपि,

(ङ) अभियुक्तको भएसम्मको दुवै हातको चोरी औँलाहरुको छाप,

(च) अरुकोे घरमा डेरा गरी बसेको भए घरधनीको नाम, थर र ठेगाना सहितको विवरण,

(छ) कसूरसँग सम्बन्धित सूचनाको व्यहोरा,

(ज) कसूर सम्बन्धी विवरण,

(झ) अभियुक्तले कसूर गरेको कुरा प्रमाणित गर्ने दसी, प्रमाणको विवरण,

(ञ) अभियुक्त उपर लगाइएको अभियोग र त्यसको आधार र कारणहरु,

(ट) प्रयोग हुनु पर्ने सम्बन्धित कानून र त्यसको कारण,

(ठ) अभियुक्तलाई हुनु पर्ने सजायको माग दावी र त्यसको कारण,

(ड)) कसूरबाट क्षति पुगेको ब्यक्तिलाई क्षतिपूर्ति भराई दिनु पर्ने भए त्यस्तो क्षतिपूर्तिको रकम,

(ढ) कसूरको प्रकृतिसँग सम्बन्धित अन्य आवश्यक कुनै कुरा भए त्यसको विवरण ।

(ञ१) कुनै अभियुक्त फरार रहेको भए निजको सम्पत्ति तथा अन्य विवरण र निज कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति भए सोको विवरण,

(ञ२) अभियोग लगाईएको कसूरबाट अभियुक्तको नैतिक पतन हुने भएमा सोको लागि माग दाबी,

अभियोगपत्र दायर गर्दा ध्यान दिनुपर्ने कुराहरु

१. अदालतमा अभियोगपत्र दायर गर्दा सम्बन्धित अपराध त्यस अदालतको क्षेत्राधिकार भित्र भएको छ/छैन् ।

२. मुद्दा चल्ने वा नचल्ने निर्यात गर्न मिसिल अध्ययन गर्दा सङ्कलित सबुद प्रमाणबाट मुद्दा चल्ने प्रयाप्त प्रमाण छ/छैन् ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

मुचुल्का भनेको के हाे ? मुचुल्का कति किसिमको हुन्छ...

सामान्य अर्थमा भन्दा खेरी, मुचुल्का भनेको कुनै पनि घटना वा कामकाजमा गराई रहेको ब्यक्तिको...

कानूनी मस्यौदा भनेको के हो ? कानूनी मस्यौदाकाे महत्त्व...

सामान्यतया कानुनी मस्यौदा भन्नाले विस्तृत रूपमा लेखेर तयार पारिएको लेख वा खेसा लाई बुझिन्छ...

घटनस्थल प्रकृतिको मुचुल्का भनेको के हाे ?

घटनास्थल प्रकृतिको मुचुल्का :- कुनै आपराधिक कार्य भएको अवस्थामा सो घटना भएको स्थान, घटनास्थल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: