Table of Contents
अपराधकाे अर्थ
अपराध शब्दको उत्पत्ति ‘ल्याटिन’ भाषाको (कृमिन) भन्ने शब्दबाट आएको हो। जसको अर्थ आरोप वा दोष लगाइएको व्यक्ति भन्ने बुझिन्छ। त्यस्तै अपराध शब्द ग्रीक भाषाको ‘लोजिया’भन्ने शब्द बाट लिएको हो, जसको प्रयोग कुनै निश्चित विषयको वर्णन एवं अध्ययन गर्नु भन्ने बुझिन्छ।
फ्रान्सिस्को रोजर्सलाई संसारको पहिलो अपराधीको रुपमा मानिन्छ। उनले (जुन29,1892) को दिन 27 वर्षको उमेरमा आफ्ना दुइजना बच्चालाई मारेर अपराधीको रुपमा परिचित भएका हुन्। उनलाई औंठा छापको मद्दतले अपराधीको रुपमा परिचित गराएको हो।
अपराधको परिभाषा
अपराध भन्ने शब्द, आफैंमा जटिल शब्द हो र यसलाई सजिलै परिभाषित गर्न सकिँदैन। तर पनि अपराध भन्नाले यस्तो कार्यालय जनाउँदछ, जुन कार्य कानुनद्वारा दण्डनीय हुने र राज्यद्वारा अभियोग लगाउन सकिने भन्ने बुझिन्छ।
अपराधलाई सार्वजनिक हित वा नैतिकता वा राज्यको हितमा हानिकारक मानिने र कानुनी रूपमा निषेध गरिएको हुन्छ। कुनै पनि समाजलाई सभ्य,शान्ति एवं सुव्यवस्थित तरिकाले सञ्चालन गर्नुको लागि अपराधलाई नियन्त्रण गर्नु आवश्यक मानिन्छ।
अपराध सम्बन्धि विभिन्न कानुन विद्वानको परिभाषाहरू:
जोन अस्टिनको अनुसार: सार्वभौम वा उसको मातहत द्वारा पछ्याउँदै आएको गलत एक सार्वजनिक अपराध हो भने, चोटग्रस्त पक्ष र तिनका प्रतिनिधिहरूको विवेकमा पछ्याएको गलत भनेको निजी गलत हो।
प्रोफेसर केन्नीको अनुसार: अपराधहरु यस्ता गल्ती हुन् जसको स्वीकृती दण्डनीय छ, कुनै पनि निजी व्यक्तिद्वारा माफ गर्न सकिँदैन, तर यसलाई मुकुट एक्लैले मात्रा माफ गर्न सक्दछ।
साल्मव्डका अनुसार: अपराध भनेको कानूनद्वारा सामान्य रुपमा समाजको लागि हानिकारक हुने कार्य हो, यद्यपि यो तत्काल पीडित व्यक्ति हो।
अपराधको चरणहरु
कुनै पनि एउटा कार्य अपराध हुनका लागि विभिन्न चरणहरु पार गरेको हुनुपर्दछ, विभिन्न चरणहरु पार गरेर मात्रै कुनै एउटा कार्य पूर्ण अपराधमा परिणत हुन्छ। जुन चरण हरु यसप्रकार छन्।
१. अपराधिक मनसाय वा उद्देश्य
अभिप्राय अपराधको पहिलो चरण हो र यसलाई मानसिक अवस्था पनि भनिन्छ। मनसाय भनेको छनोटको सुझाव दिने उद्देश्यलाई विचार गरेर छनोट गरिएको वस्तु तर्फको आचरणको दिशा हो। तर कानुनले मनसायलाई ध्यानमा राख्दैन, कुनै कार्य नगरी अपराध गर्ने मनसायले मात्र अपराध मान्न सक्दैन। यस चरणमा अभियुक्तलाई कारवाही गर्न नसक्नुको स्पष्ट कारण भनेको अभियोजन पक्षलाई व्यक्तिको दोषी मानशिकता प्रमाणित गर्न धेरै गाह्रो पर्दछ।
२. तयारी
तयारी अपराधको दोस्रो चरण हो। यसको अर्थ अपराध गर्नका लागि आवश्यक परेका साधन र उपायको व्यवस्था गर्नु हो। सामान्यतया:यो दण्डनीय छैन, किनकि यो देखाउन गाह्रो छ कि यो गलत बाटोतिर अन्त्य हुन्छ कि खराब नियत वा नराम्रो सोचमा नै अन्त्य हुन्छ।
उदाहरणको लागि A भन्ने व्यक्तिले आफ्नो शत्रु B लाइ मार्ने नियतले प्रमाणित हतियार पसलबाट इजाजतपत्र ले आफ्नो खल्तीमा राख्दछ तर उसले त्यो भन्दा केही गर्दैन। A को नियत छ र आफ्नो नियत पूरा गर्ने तयारी गरेको छ तर उसले अपराध गरेको छैन भने चरणमा यो प्रमाणित गर्न असम्भव छ।
३. प्रयास
प्रयास अपराधको तेस्रो चरण हो। यसलाई प्रारम्भिक अपराध पनि भनिन्छ। प्रयास शब्दको अर्थ “आवश्यक तयारी गरेपछि अपराधको बाटोतर्फ प्रत्यक्ष आन्दोलन भन्ने बुझिन्छ”।
प्रयास हुनको लागि आवश्यक कुराहरु:
१. अपराध गर्ने दोषी मनसाय,
२. अपराधको प्रतिवद्धता प्रति गरिएको कार्य,
३. पूर्णअपराधको मामिलामा कम सजाय।
४. पुर्ण अपराध
यो अपराधको अन्तिम चरण हो। कुनै पनि कार्य अपराध हुनका लागि त्यसमा पूर्ण अपराध हुन जरुरी छ। पुर्णअपराध पछि मात्र कुनै पनि कार्यलाइ अपराधको रुपमा स्वीकार गरि कानुनी आधारमा सजाय गर्नु उचित मानिन्छ। अभियुक्तले अपराध गर्ने प्रयास गरेमा र त्यस्तो प्रयास सफल भएमा कसुरको लागि उत्तरदायी हुनेछ। यदि त्यस्तो प्रयास असफल भएमा, उ अपराध गर्ने प्रयासको लागि उत्तरदायी हुनेछ।
अपराध अगाडि आउँछ कि कानुन?
कानुन अपराधको प्रतिक्रिया वा प्रतिक्रिया द्वारा घट्ने क्रियाकलाप लाई आधार मानेर बनाइन्छ। त्यसैले यो कुरा पुष्टि छ कि पहिले अपराध नै आउने गर्दछ, कानून होइन। मानव अधिकारको दफा ७ ले तपाईंले गरेको अपराध नभएको कार्यको लागि तपाईलाई फौजदारी अपराधको अभियोग लगाइने छैन भने पनि उल्लेख गरेको छ। त्यस्तै मुलुकी अपराध संहिता २०७५ को दफा ६ ले कारण बमोजिमको काम कसुर नहुने भनि भनेको हुँदा, अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि, समाजमा शान्ति सुव्यवस्था अमनचयन निर्माण गर्नका लागि, कानुनको निर्माण कार्य आवश्यक पर्दछ। त्यसैले अपराध नै अगाडि आउने गर्दछ।
यो पनि पढ्नुहोस्: फौजदारी कानून भनेकाे के हो ? फौजदारी कानुनको सामान्य सिद्धान्तहरूको वर्णन् गर्नुहोस् ।