तिमीले न मलाई चिन्यौ
न चिन्ने कोसिस गर्यौं
त कसरी मलाई चिन्न सक्छौ ?
तिमीले न मलाई बुझ्यौ,
न बुझ्ने कोसिस गर्यौं
त कसरी मलाई बुझ्न सक्छौ ?
तिमीले न मेरो मनको कुरा सुन्यौं
न सुन्ने कोसिस गर्यौं
त कसरी मेरो मनको कुरा भन्न सक्छौ ?
तिमीले न समस्या देख्यौ
न हल गर्ने कोसिस गर्यौं
त कसरी मेरा दर्द बुझि सहयोग गर्न सक्छौँ ?
मैले तिमीलाई आफ्नो बनाउन सकेन त
कसरी म तिम्रो बन्न सक्छु ?
तिमी मेरो खुसीमा रमाउन प्रयास गर्दैनौं त
कसरी मेरो खुसी खोज्छौँ ?
हे प्रिय, पहिला तिमी मलाई बुझ , चिन
अनि मलाई स्वीकार गर ।
आँखाको प्यास मेटाउन तिमीलाई भेट्नै पर्छ भन्ने छैन
तिमीलाई सम्झिदिए मात्र पुग्छ ।।
तिमी मेरो नहुने भए , नहोउ तर
एकपटक तिमी आफ्नो आँखाले हैन्
मेरा मनको आँखाले हेर ।
हे प्रिय, तिमी म भित्र मसंगै छौँ र सदा हुनेछौँ ।।
तिमी मेरो हुन नसके पनि
टाढिने छैनौँ मेरा मन मस्तिष्कबाट
सधै मेरा शरीरमा धडकिने छौ
प्राण बनी मेरो धडकनबाट ।।
म तिमीलाई आफ्नो बनाउन नसके पनि
एक्लो हुनेछैन् तिमी बिना म
पाइरहने छु तिमीलाई आफूभित्र म ।।
अनिश कुमार तिवारी