Tuesday, October 15, 2024
Homeकानूनी जानकारीसम्बन्ध विच्छेद भनेको के हो? कुन कुन अवस्थामा...

सम्बन्ध विच्छेद भनेको के हो? कुन कुन अवस्थामा सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था छ?

सम्बन्धविच्छेद भनेको के हो?

सम्बन्ध विच्छेद भनेको पति र पत्नीबीच कायम रहेको वैवाहिक सम्बन्ध अन्त्य गर्नु हो। सम्बन्ध विच्छेद भनेको त्यस्तो कानूनी प्रक्रिया हो जसको माध्यमबाट श्रीमान् र श्रीमती आफू बीच कायम रहेको वैवाहिक सम्बन्ध अन्त्य गरी छुट्टाछुट्टै बस्छन्।

सम्बन्ध विच्छेद गर्नको लागि पति र पत्नी दुवैको सहमति भएमा सम्बन्ध विच्छेद गर्न कानूनले सजिलै अनुमति दिन्छ । तर कुनै कारणवंश पति वा पत्नी मध्ये कुनै एकजना मात्र सम्बन्ध विच्छेद गर्न इच्छुक भएमा कारण खुलाउनु पर्छ ।

कस्तो अवस्थामा सम्बन्धविच्छेद गर्न मिल्छ?

निम्नलिखित अवस्थामा पति र पत्नीले सम्बन्ध विच्छेद गर्न सक्छन्:

१. पति र पत्नी दुवैको मन्जुरी भएमा,

२. पति वा पत्नीले पत्नी वा पतिलाई जानकारी नदिई तीन वर्षभन्दा बढी सम्पर्कविहीन बसेको

३. पति वा पत्नी परस्त्री वा परपुरुष संग यौन सम्बन्ध राखेको अवस्थामा,

४. कानूनले उल्लेख्य गरेको बाँदर हुने विवाह वा बाँदर गराउन मिल्ने विवाह भएमा ।

सम्बन्ध विच्छेदकाे प्रायः कारण पति र पत्नी बीचकाे असमझदारी हुने गर्दछ । विवाहपछि पति र पत्नी सहमति बनाएर अगाडि नबढ्नुको सत्ता एकआपसमा विवाद गरी सम्बन्ध बिगार्ने कारणले आजकल सम्बन्ध विच्छेदको समस्या बढिरहेको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी...

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: