घटनास्थल प्रकृतिको मुचुल्का भनेको के हाे?
कुनै आपराधिक कार्य भएको अवस्थामा सो घटना भएको स्थान, घटनास्थल वरपरको अवस्था, घटनासँग सम्बन्धीत चिजको वस्तुको अवस्था आदि उल्लेख गरी तयार गरिने मुचुल्कालाई घटनास्थल प्रकृतिको मुचुल्का भनिन्छ । यो मुचुल्का तयार गर्दा घटना घटेको स्थान, समय, र घटनास्थलमा भेटिएका प्रमाण समेत उल्लेख गर्नुपर्छ । घटनस्थल प्रकृतिको मुचलकाले घटनाको वास्तविक चित्र उतार्न र बर्दात प्रमाणित गर्नमा सहयोग पुर्याउँछ ।
घटनास्थल प्रकृतिको मुचुल्का तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु
घटनास्थल प्रकृतिको मुचुल्का तयार गर्दा अनुसन्धान अधिकारीले अनुसन्धान गर्दा कसुर तथा कसुर भएको ठाउँको यथार्त झल्किने गरि तथा सम्भव निम्नलिखित कुराहरू प्रष्ट उल्लेख गर्नुपर्छ ।
१. घटना वा कसुर भएको मिति र समय,
२. कसुर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र,
३. ठाउँको वस्तुस्थिति र कसुर वा कसुरदारसंग त्यसको सम्बन्ध,
४. कसुर भएको ठाउँ वा त्यसको वरपर देखिएको वा पाइएको दसी प्रमाण र कसुर सँग सम्बन्धित अन्य कुनै प्रमाणहरू ।
घटनासथल मुचुल्का तयार गरेपछि त्यस्तो ठाउँमा अरु मान्छे प्रवेश नहुने गरी घेरा लगाई त्यस ठाउँको वा वरपरको ठाउँमा देखिएको वा पाइएको हत्केलाको छाप, औंला वा पाइलाको चिन्ह निशाना वा अन्य दसी वा कसुर ठहर गर्न मद्दत पुर्याउने अन्य कुनै प्रमाण संकलन र त्यस ठाउँको फोटो समेत लिनुपर्छ । घटना मुचुल्का तयार गर्दा आरोपित व्यक्ति वा कसुर गर्ने व्यक्ति उपस्थित भएँ निजको औंला छाप र पहिचान खुल्ने विवरण समेत लिनुपर्छ ।
घटनास्थल प्रकृतिको मुचुल्काकाे नमूना/ढाँचा
मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ काे अनुसूची १४ र कसुरको अनुसन्धान सम्वन्धी नियमावली, २०७५ काे अनुसूची ७ मा घटनास्थल प्रकृतिको मुचुल्काकाे ढाँचा व्यवस्था उल्लेख गरिएको छ ।