Saturday, April 13, 2024
Homeविविधन्यायाधीशले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब किन तोड्छन्...

न्यायाधीशले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब किन तोड्छन् ?

तपाईहरु मध्ये धेरै जनाले न्यायाधीशले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब तोडछन् सुन्नु भएको होला तर के तपाईलाई थाहा छ आखिर दोषीलाई मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब किन तोडिन्छ ? यदि न्यायाधीशहरूले फासीको सजाय सुनाएपछि पेनको निब तोडेनन् भने के हुन्छ ?  तपाई यस आर्टिकलमा यस कुरा बारे सम्पूर्ण जानकारी पाउनुहुनेछ ।

सबभन्दा पहिले मृत्युदण्ड भनेको के हो ? मृत्युदण्ड किन दिइन्छ ? आदि कुराको बारेमा जानकारी हुनुपर्छ । मृत्युदण्ड भनेको कुनै पनि जघन्य अपराध गरेको अपराधीको मृत्यु हुने गरि दिइने सजाय हो । यस्तो सजायहरू मा फासी, इलेक्ट्रिक सक, ढुङ्गा हानेर मार्ने, गोली हानेर मार्ने र यस्ता अन्य किसिमका सजायहरू दिइने गरिन्छ तर अधिकांश देशहरुले मृत्युदण्डको रूपमा फासी नै दिने गरेको पाइन्छ । जस्तै हाम्रो छिमेकी मुलुक भारतमा मृत्युदण्ड दिदा फासी दिइन्छ भने चीनमा फासी र गोली हानेर मार्ने गरी सजाय दिइन्छ ।

मृत्युदण्ड शब्द आफैमा एउटा डरलाग्दो शब्द छ । मृत्युदण्ड धेरै गम्भीर खालको जघन्य अपराध गरेका अपराधीहरू लाई मात्र दिइन्छ । कुनकुन अपराध गरेमा मृत्युदण्ड दिने कुरा देशको कानुनले तय गरेको हुन्छ । केही सिमित किसिमका अपराध गरेमा अरू सजाय दिन बिकल्प नभएको खण्डमा मात्र मृत्युदण्डको सजाय दिइन्छ । मृत्युदण्ड हुने अपराधमा कुनैपनि न्यायाधीशले मुद्दा हेरेपनि मृत्युदण्डको सजाय नै गर्छ । मृत्युदण्डको सजाय न्यायाधीश परिवर्तन भएमा परिवर्तन हुदैन ।

मृत्युदण्ड दिदैमा अपराध घट्छ भन्ने पनि हुदैन किनकि यस्ता धेरै देशहरु छन् जहाँ मृत्युदण्डको सजाय छैन र अपराध कम छ र दिनप्रतिदिन अपराध घट्दै छ भने यस्ता देशहरु पनि छन् जहाँ मृत्युदण्डको सजाय हुँदा हुँदै पनि दिनप्रतिदिन अपराध बढ्दै गएको छ । नेपालमा मृत्युदण्डको ब्यवस्था छैन । नेपालको संविधानको धारा १६ को उपधारा २ ले कुनै पनि ब्यक्तिलाई मृत्युदण्ड दिइने गरि कानुन बनाइने छैन भनेर प्रष्ट गरिदिएको छ । त्यसैले नेपालमा जति जघन्य अपराध गरेपनि मृत्युदण्ड कसैले पाउदैन ।

मृत्युदण्डको फैसला सुनाएपछि न्यायाधीशहरू द्वरा पेनको निब किन तोडिन्छ भन्ने प्रश्न तपाईको मनमा होला र सायद तपाईले यसको बारेमा धेरै कुरा सुन्नु पनि भएको होला तर आज तपाईले यसको पछाडिको वास्तविकता के हो भनेर थाहा पाउनुहुनेछ । र साथै मृत्युदण्ड दिदा पेनको निब तोड्नु पर्छ भनेर कानुनले उल्लेख गरेको छ कि न्यायाधीशहरूले आफै तोड्ने गर्छन् । र यदि न्यायाधीशहरूले फासीको सजाय सुनाएपछि पेनको निब तोडेनन भने के हुन्छ ?

मृत्युदण्डको फैसला न्यायाधीशहरूले सुनाएपछि पेनको निब तोड्ने गर्छन् र यस्तो गर्नुपर्छ भनेर कुनैपनि कानुनले उल्लेख गरेको हुदैन । मृत्युदण्ड दिने देश भारतको कुनैपनि ऐन कानुनले फासीको सजाय सुनाएपछि पेनको निब तोड्न भन्दैन् । पेनको निब तोड्ने कार्य कानुनले तय गरेको हुदैन र यो एउटा परम्परा मात्र हो । मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब तोड्ने कार्य अदालतको को परम्परा बनिसकेको छ । यो एउटा अदालतको परम्परा बाहेक अरू केही होइन ।

यो पनि पढ्नुहोस् : रिट भनेको के हो र रिट कति प्रकारका हुन्छन्?

यस्तो परम्परा कसरी सुरु भयो र कहाँबाट सुरु भयो र कसले सुरू गरे आदि प्रश्नहरुको बारेमा कहि कतै उल्लेख गरिएको छैन । यसका बारेमा धेरै बिद्द्वानहरू ले आफ्नो आफ्नो बिचार दिएका पाइन्छ तर उनीहरुले दिएको बिचारमा सहमत हुन सकिदैन । पेनको निब तोड्ने परम्परा किन सुरू भयो र किन तोडिन्छ यसको बारेमा केही सैधान्तिक लेखहरु पाइन्छ र बिभिन्न लेखमा बिभिन्न बिभिन्न कुरा गरेको पाइन्छ तर प्रायः दुइटा सैधान्तिक लेखहरु लाई नै बढी बिश्वास गरेको पाइन्छ ।

कसैको पनि ज्यान लिने काम आफैमा कठिन छ र सायद यस्तो कार्य गर्न असम्भव छ । एउटा सामान्य ब्यक्तिले कसैको ज्यान लिने कल्पना पनि गर्न सक्दैन । कसैले पनि कसैको ज्यान लिन चाहदैन । तर कहिलेकाहीँ परिस्थिति नै यस्तो हुन्छ जहाँ एउटा मान्छे विवस भएर अरूको ज्यान लिन बाध्य हुन्छन् नत्र सामान्य परिस्थितिमा ज्यान लिन कल्पना पनि गर्न सक्दैन । आफ्नो ज्यान, धर्म बचाउन निम्ति मान्छेमा आक्रोश, रिस हुन्छ र यस्तो अवस्थामा निज ब्यक्तिको मानसिक सन्तुलन सहि रहदैन र ज्यान लिन पनि सक्छ । अर्थात् साम्ने रहेका मान्छेलाई मारिएन भने आफू मारिने परिस्थिति बाहेक एउटा सामान्य ब्यक्ति कसैको ज्यान लिन सक्दैन । यस्तो अवस्थामा बाहेक जस्तो सुकै अवस्था किन नहोस् मान्छेले सम्बन्ध बिग्रेको मान्छेसंग जीवनभरि बोल्दैन तर मार्ने कल्पना गर्न सक्दैन ।

आफ्नो ज्यान बचाउन निम्ति अरूको ज्यान लिन सकिएला तर एउटा सामान्य अवस्थामा रहेका मान्छेले बिना कुनै खतराको महसुस गरेपनि कसैलाइ मार्ने फैसला गर्नु आफैमा असम्भव छ । तर न्यायाधीशहरू बाध्य भएर यस्तो फैसला गरिरहेका हुन्छन् । कुनैपनि ब्यक्तिको मृत्युको कारण कोही बन्न चाहदैन । तर न्यायाधीशहरूको लागि यो एउटा अति नै कठिन कार्य हो । सैनिकहरू ले सैन्य कारवाही गर्दा शत्रुलाई मार्न बाध्य हुन्छन् किनभने मार्ने या मर्ने लडाइ सुरू भएको हुन्छ । तर त्यस्ता सैनिकहरू पनि त्यसतो युद्ध पछि मानसिक रूममा कमजोर हुन्छ । उनीहरूलाई मेडिकल सल्लाह र हेरचाह भित्र बस्नुपर्छ भने एउटा साधारण न्यायाधीश जसलाई कुनै किसिमको खतरा हुदैन उसले कसैको मृत्युको कारण बन्नु कतिको कठिन छ । मृत्युदण्डको फैसला दिने माध्यम न्यायाधीश हो तर मृत्युदण्डको कारण होइन भन्न सजिलो भएपनि न्यायाधीशहरू लाई मनमनै यस्ता कुराहरु सताइरहन्छ ।

पहिलो सिधान्त अनुसार, जब कुनैपनि मान्छेले मृत्युदण्ड हुने जघन्य अपराध गरेको हुन्छ भने न्यायाधीशले कानुनको अधिनमा रहेर मृत्युदण्डको फैसला गर्न बाध्य हुन्छन् । अनि मृत्युदण्ड दिएँ पछि न्यायाधीशले पेनको निब तोडेर यो कुरा जनाउन चाहेको हुन्छ कि अब यो फैसला कानुनको अधिनमा रहेर गरियो तर यो फैसलालाई बढाउन वा घटाउन मेरो अधिकार भित्र छैन । न म यो सजायको बारेमा ब्याख्या गर्न सक्छु, न त यो फैसला पुनः लेख्न नै गर्न सक्छु ।

दोस्रो सिद्धान्त अनुसार, मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब तोडिन्छ किनकि उनीहरूले बिश्वास गर्छन् जुन पेनले मान्छेको मृत्युको कारण बन्यो त्यो पेनले कुनैपनि मान्छेको जीवन लेख्न सक्दैन । यदि फेरी त्यही पेन प्रयोग गरियो भने वा न्यायाधीशले जब जब त्यो पेनलाइ हेर्छन् तब तब त्यो फैसलाको याद आउँछ र मृत्युदण्डको फैसला गरेको न्यायाधीशको मनले शान्ति नपाउन सक्छ । त्यही भएर न्यायाधीशहरूले मृत्युदण्डको सजाय सुनाएपछि पेनको निब तोड्ने गर्छन् ।

न्यायाधीशहरूले पेनको निब नतोडे उनीहरू बिरूध्द कुनै कारवाही हुदैन किनकि यो एउटा परम्परा मात्र हो र मृत्युदण्डको फैसला सुनाएपछि पेनको निब तोड्नैपर्छ भन्ने कुनै कानुनले पनि भनेको छैन । तपाईहरूले यस बिषयको बारेमा राम्रो संग जानकारी पाउनुभयो होला । तपाईहरूलाई यो आर्टिकल कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट गरेर बताउनु होला । ( यदि तपाईहरूले कुनै आर्टिकल लेख्नु भएको छ भने हामीसंग फेसबुक वा इमेलमा म्यासेज गर्न सक्नुहुन्छ । )


यो पनि पढ्नुहोस् : विवाह, विवाह सम्बन्धी कानुनी व्यवस्था र विवाह सम्बन्धी कसुर र सजायहरू

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

अधिवक्ता र वाकीलमा के फरक छ?

के तपाईं कानुनको विद्यार्थी हुनुहुन्छ अनि Lawyer र Advocate बीचमा के फरक छ जान्न...

अदालतमा बहस गर्दा वकिलहरुले किन कालो कोट लगाउँछन्?

तपाईहरु मध्ये धेरैको मनमा वकिलहरुले कालो कोट किन लगाउँछन् भन्ने सोचिरहनुभएको होला? मैले धेरै...

Complete solutions for BALLB Entrance Exam (TU) 2077 BS

If you are preparing for the entrance examination for BALLB after +2, then it...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: