Monday, April 15, 2024
Homeकानूनी जानकारीविवाह भनेको के हो ? नेपालमा विवाह संग...

विवाह भनेको के हो ? नेपालमा विवाह संग संम्बन्धित कानुनी व्यवस्था कस्तो छ ?

विवाहको बारेमा तपाईंले सुन्नु भएकै होला । तपाईंले धेरै जनाको विहेमा जन्ती पनि जानु भएको होला र तपाईको विवाह भैसकेको हुन सक्छ वा विवाह गर्ने बिचारमा हुन सक्नुहुन्छ तर विवाह गर्दा समयमा केही कुराहरूको वारेमा जानकारी छ । विवाह भनेको के हो 

जस्तै विवाह भनेको के हो ? विवाह कसरी हुन्छ ? कस्तो विवाह गर्नु कानुनसम्मत हुन्छ र कस्तो विवाह गर्दा कानुन बिपरित हुन्छ । यदि कानुन बिपरित बिवाह गरियो भने के हुन्छ? कानुन बिपरित विवाह गर्ने गराउनेलाई कस्तो सजाय हुन्छ । बिवाह पछि महिलाले आफ्नो आमाबुबाको थर प्रयोग गर्ने कि श्रीमान् को थर प्रयोग गर्ने आदि विषयमा बिस्तृत रूपमा जानकारी गराउन कोसिस गरिएको छ ।

विवाह भनेको के हो ?

युरोपेली सभ्यता अनुसार विवाह एक सम्झौता हो । हिन्दू समाज अनुसार विवाह एउटा संस्कार हो । छोराबाट बाबुले उत्तम वा स्वर्गलोक प्राप्त गर्दछ र नाति बाट सूर्य लोक प्राप्त गर्दछ गर्दछ भनिएको छ । त्यसैले पुत्र प्राप्त गर्न भनी बिबाह आवश्यक मानिएको छ । बिबाह एउटा यस्तो माध्यम हो, जसबाट संसारको निरन्तरता हुन्छ र कुल वंश अगाडि बढ्दछ । नारी र पुरुषको मिलनबाट भौतिक सुख, सन्तान, र आध्यात्मिक लक्ष्य प्राप्त हुन्छ। ऋणबाट मुक्त गर्नु र सन्तानको उत्पादन गर्नु विवाह लक्ष्य हो। विवाह भन्नाले कन्यालाई निजको संरक्षक द्वारा कन्यादान दिएकोमा शास्त्रीय विधिपूर्वक वरले कन्यालाई पत्नीका रूपमा ग्रहण गर्ने क्रियालाई लिइन्छ ।

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ६८ ले विवाहलाई परिभाषित गरेको छ । दफा ६८ अनुसार विवाह अनतिक्रम्य सामाजिक बन्धन हो । दफा ६८ को उपदफा १ ले विवाह पुरुष र महिला बीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानूनी बन्धन हो भनेर परिभाषित गरेको छ ।

विवाह कति किसिमको हुन्छ ?

विवाह धेरै किसिमको हुन्छन् तर नेपालको कानुनले तीन किसिमको विवाहको वारेमा चर्चा गरेको छ ।

१) परम्परागत विवाह:– आफ्नो रीतिस्थिति कुल परम्परा अनुसार घर सल्लाह गरी वा परिवारको इच्छाअनुसार गरीने मागी विवाहलाई बुझिन्छ । यस प्रकारको विवाह नेपालमा धेरै प्रचलित छ ।

२) दर्ता विवाहः– दर्ता विवाह भन्नाले कानूनी प्रक्रिया पुयाई सम्बन्धित जिल्ला अदालतमा गई निवेदन गरी  जिल्ला अदालतले दर्ता गरिदिइ गरिने विवाहलाई जनाउँछ । यस प्रकारको विवाह गर्न चाहने केटाकेटीले २ जना साक्षी राखी जिल्ला अदालतमा निवेदन दिनुपर्दछ र जिल्ला अदालतले निवेदन माथि आवश्यक अनुसन्धान गरी साक्षीहरुको रोहवरमा दर्ता विवाह गरी सोको प्रमाणपत्र प्रदान गर्दछ ।

३) गन्धर्व वा प्रेम विवाहः– कुनै पनि उमेर पुगेको केटा वा केटीले एकापसमा प्रेम भई संरक्षकको मन्जुरी बिना आफूखुशी गरिने विवाहलाई जनाउँदछ ।

कस्तो अवस्थामा भएको विवाहले मान्यता पाउँछ ?

संसारमा बिभिन्न ढङ्गले विवाह भएको पाइन्छ । नेपालमा पनि विभिन्न जातजाति र धर्मसंस्कृति अनुसार विभिन्न तरिका र विधि छ । तर नेपालको कानुन अनुसार कस्तो अवस्थामा भएको विवाह विवाह मानिन्छ र विवाह नगरे पनि यदि निम्नलिखित अवस्थामा भएको पाइयो भने विवाह भएको मानिन्छ । नेपालको कानुन अनुसार निम्नलिखित अवस्थामा विवाह भएको मानिन्छ ।

  • यदि कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा मुलुकी देवानी संहिता २०७४ को दफा ६७ विवाह भएको मानिनेछ ।
  • मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७० को (क) ले यदि पुरूष र महिलाले एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ ।
  • त्यस्तै दफा ७४ अनुसार यदि पुरूष र महिला पतिपत्नी नभए पनि यदि उनीहरु बीच भएको शारीरिक सम्बन्धबाट शिशु जन्मेमा त्यसता महिला र पुरुष बीच विवाह भएको मानिन्छ । तर महिलालाई पुरूषले गरेको रहेछ र निज महिलाले शिशुलाई जन्म दिन्छिन् भने त्यस्तो पुरूष र महिला बीच विवाह भएको मानिदैन ।

कानुनले कस्तो अवस्थामा भएको विवाह मान्यता दिन्छ ?

विवाह धेरै किसिमको हुन्छन् र विविध तरिकाले विवाह भएको मानिन्छ तर कस्तो विवाहलाई कानुनले मान्यता दिने र कस्तो विवाहलाई कानुनले मान्यता नदिने र बदर गर्ने कुराको वारेमा मुलुकी देवानी संहिता ऐन २०७४ ले प्रष्ट रूपमा उल्लेख गरेको छ । कस्तो विवाह मान्य हुने सम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७० मा गरिएको छ । दफा ७० मा निम्नलिखित कुराहरू उल्लेख गरिएको छ ।

  • यदि पुरूष र महिलाले एकअर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेका छन् भने यसरी गरिएको विवाह मान्य हुन्छ ।
  • हाडनाता करणी वा हाडनाता विवाहलाई कानुनले अपराध मानेको छ र हाडनातामा करणी वा विवाह गर्नेलाई कडा सजाय हुने कानुन पनि छ । तर परम्परागत रूपमा यदि हाडनातामा विवाह हुदै आएको समाजमा वा जातजातिलाई हाडनाता विवाह गर्न कानुनले छुट दिएको छ । यदि पुरूष र महिला हाडनातामा सजाय हुने नाताको नभएमा त्यस्तो गरिएको विवाह मान्य हुन्छ ।
  • यदि कुनै पुरूष वा महिला उनीहरु विवाहित छैनन् वा भएपनि विवाह गर्ने समयमा उनीहरुको पहिलेको वैवाहिक सम्बन्ध अन्त्य भैसकेको अवस्थामा विवाह गरे भने त्यस्तो विवाहलाईकानुनले मान्यता दिन्छ ।
  • बीस वर्ष पुरा भएपछि गरिएको विवाह मान्य हुन्छ ।

कस्तो अवस्थामा भएको विवाहलाई कानुनले मान्यता दिँदैन र विवाहलाई बदर गर्न सक्छ ?

जुन विवाह कानुन अनुसार मान्यता प्राप्त गर्न सक्दैनन् त्यस्तो विवाहलाई कानुनले मान्यता दिँदैन र त्यसरी रित पुर्याएर गरिएको विवाहलाई कानुनले बदर गर्न सक्छ । कहिले काहीँ विवाहलाई कानुनले बदर मात्रै गर्दैन त्यस्तो विवाह गर्ने गराउनेलाई सजाय पनि गर्छ । तर कस्तो गर्न वा गराउनु हुदैन यसको वारेमा मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७१ मा उल्लेख गरेको छ ।

दफा ७१, ७२ र ७३ ले विवाह बदर सम्बन्धी व्यवस्थाहरू उल्लेख गरेको छ । दफा ७१ ले यदि दफा ७० बमोजिम विवाह हुन सक्ने अवस्था नरहेको पुरूष वा महिलासंग विवाह गर्न वा गराउनु हुदैन । यसको मतलब पुरूष वा महिलाले एक अर्कालाई आफ्नो स्वेच्छा अनुसार पति पत्नीको रूपमा स्वीकार नगरेमा, बीस वर्ष पुरा नभएको वा पुरूष वा महिलाको अन्य महिला वा पुरुष संग बैवाहिक सम्बन्ध कायम रहेको अवस्था छ भने यस्तो अवस्थामा भएको विवाह कानुनी मान्यता पाउँदैन र कानुनले यस्तो विवाहलाई सजिलै बदर गर्न सक्छ ।

दफा ७१, ७२ र ७३ ले निम्नलिखित अवस्थामा भएको विवाह बदर गर्न सक्छ भनेर उल्लेख गरेको छ ।

  • शरीरमा मानव रोग प्रतिरोधात्मक क्षमता नष्ट गर्ने जीवाणु  (HIV) वा हेपाटाइटिस बी रहेको वा यस्तो किसिमको निको नहुने कडा रोग लागेको
  • यौनाङ्ग नभएको, नपुसंक भएको वा सन्तान उत्पादन गर्न क्षमता नभएको प्रमाणित भैसकेको
  • पूर्ण रूपमा वोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएकोमा
  • यदि कुनै मान्छे होस् ठेगानामा नरहेको अवस्थामा विवाह भएकोमा
  • यदि पुरूष वा महिला मध्ये कसैको विवाह अर्को महिला वा पुरुष संग पहिले नै भैसकेको
  • गर्भवती भएको
  • मौलिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतबाट सजाय पाएको
  • महिला वा पुरुषको मन्जुरी नभएको खण्डमा जबर्जस्ती विवाह गराएमा
  • पुरूष र महिलाबीच भएको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिन्छ तर शारीरिक सम्पर्क बाट नभइ जबर्जस्ती करणी स्वरुप शिशु जन्मेमा विवाह भएको मानिदैन ।

कस्तो अवस्थामा पतिपत्नी बीचको बैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ ?

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ८२ ले बैवाहिक सम्बन्ध अन्त्य सम्बन्धी व्यवस्थाहरू गरेको छ । दफा ८२ ले निम्नलिखित अवस्थामा पति र पत्नी बीच बैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ भनेर उल्लेख गरेको छ :

  • यदि दफा  (७२) (७३) बमोजिम विवाह वदर भएमा
  • कानुन बमोजिम पति पत्नीको सम्बन्ध बिच्छेद भएमा
  • पत्नीले कानुन बमोजिम सम्बन्ध बिच्छेद नहुदै अर्को विहे गरेमा

विवाह पछि विवाहित महिलाले प्रयोग गर्ने थर सम्बन्धी कस्तो कानुनी ब्यवस्था छ ? 

विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्था मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ८१ ले गरेको छ । दफा ८१ को उपदफा १ अनुसार विवाहिता महिलाले विवाहपछि बाबु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्नेछिन् । वा उपदफा २ अनुसार विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक निजले आफ्नो पतिको थर प्रयोग गरेको मानिनेछ । त्यस्तै दफा ३ अनुसार पतिको थर प्रयोग गरेकी महिलाको सम्बन्ध विच्छेद भएमा निजले चाहेमा निजको बाबु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्नेछिन् ।

विवाह सम्बन्धी कसुर भनेको के हो ?

कानुन विपरित गएर गरिने विवाह अपराध हो । विवाह गर्नु परेमा अरूलाई वाधा नोक्सानी हुने कार्य गर्नु गराउनु हुदैन र विवाह गर्दा कानुनले प्रतिवन्ध गरेको कुनै कार्य गरेमा त्यस्तो कार्यलाई विवाह सम्बन्धी कसुर मानिएको छ । जबर्जस्ती विवाह, बालविवाह, विवाहमा लेनदेन र बहुविवाह गर्नु गराउनु हुदैन र यस्तो क्रियाकलापलाई कानुनले विवाह सम्बन्धी कसुर मानेको छ ।

विवाह सम्बन्धी कसुर र सजाय सम्बन्धी कानुनी व्यवस्थाहरू के कस्तो छ ?

विवाह सम्बन्धी कसुरको वारेमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा उल्लेख गरिएको छ । परिच्छेद ११ अनुसार निम्नलिखित कार्यहरु विवाह सम्बन्धी कसुर मानिएको छ ।

१) मन्जुरी बिना विवाह गर्न नहुने:- उमेेेर पुगेका पुरूष र महिलाको मन्जुरी भएमा मात्र विवाह गर्नुुु वा गराउनुपर्छ । मुलुकी अपराध संहिताको दफा १७१ ले मञ्जुरी विना विवाह गर्नु गराउनु हुदैन भनेको छ अर्थात् विवाह गर्ने व्यक्तिहरुको मञ्जुरी विना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन । बमोजिम मञ्जुरी विना भएको विवाह बदर हुनेछ । यस्तो कसूर गर्ने व्यक्तिलार्ई दुई वर्षसम्म कैद र बीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । तर दफा १७३ बमोजिम (१८ बर्ष नपुगेका) विवाह गर्न पूरा हुनु पर्ने उमेर पूरा नभएको व्यक्तिले दिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

२) हाडनातामा विवाह गर्न नहुनेः- हाडनातामा विवाह गर्नु गराउनु कानुनी अपराध हो । हाडनाता विवाह अपराध संहिताको दफा १७२ ले विवाह सम्बन्धी कसुर घोषित गरेको छ । दफा १७२ अनुसार कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्न वा गराउन हुँदैन ।

यदि हाडनातामा भएको विवाह थाहा नपाई भएको रहेछ भने त्यस्तो विवाह बदर हुनेछ । कसैले जानीजानी हाडनातामा विवाह गरेको वा गराएको रहेछ भने त्यस्तो विवाह गर्नेलाई हाडनाता करणीको कसूरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो विवाह स्वतः वदर हुनेछ ।

३) बाल विवाह गर्न नहुनेः- बालविवाह भनेको १८ बर्ष पुरा नभएको बालबालिकाको बिवाह हो । यस्तो विवाहलाई कानुनले अपराधीकरण गरेको छ । अपराध संंहिताको दफा १७३ मा बालबालिकाको बारेमा उल्लेख गरिएको छ । दफा १७३ अनुसार विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । २० बर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ । बालविवाह सम्बन्धी कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको ब्यवस्था गरिएको छ ।

नेपालमा बलात्कारीलाई मृत्युदण्डको सजाय सम्भव कि असम्भव ?

४) विवाहमा लेनदेन गर्न नहुनेः- विवाहमा लेनदेन गर्नु कानुनी तथा समाजिक रूपमा गलत कुरा हो । विवाह गर्दा केटा पक्षले केटी पक्ष संग भौतिक सम्पत्ति माग गर्ने र केटी पक्षले केटा पक्षलाई दिने कार्य नै विवाहमा हुने लेनदेन हो । यसमा बस्तु दिने र लिने दुबै पक्ष अपराध गरेको मानिन्छ ।

दफा १७४ को उपदफा १ अनुसार आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन शर्त राखी विवाह गर्न वा गराउन हुँदैन । उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

दफा (३) कसैले विवाह गरी सकेपछि उपदफा (१) बमोजिमको चल, अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो चल, अचल सम्पत्ति वा दाइजो नदिएको कारणले दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्न हुँदैन । लेनदेन गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

उपदफा ५ लेे दफा (१) वा (३) बमोजिम कुनै सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता दिनु पर्ने ब्यवस्था गरेेको छ ।

५) वहुविवाह गर्न नहुनेः- बहुविवाह लाई कानुनले अपराध मानेको छ र मुलुकी ऐनको अपराध संहिताको दफा १७५ ले बिबाह सम्बन्धी कसुर अन्तर्गत समावेश गरेको छ । दफा १७५ (१) ले बिवाहित पुरूषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु  गराउनु हुदैन र दफा २ ले कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन प्रष्ट उल्लेख गरेको छ ।

उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ ।
बहुविवाह सम्बन्धी कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवनाको ब्यवस्था गरेको छ ।र त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

तर यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन ।

हदम्यादः- दफा १७६ ले यस परिच्छेद (परिच्छेद – ११) अन्तर्गतको कसूरमा कसूर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।

यो पनि पढ्नुहोस्:- रिट भनेको के हो ? रिट कति किसिमको हुन्छ ?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी...

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: