संविधान भनेको के हो? नेपालको संविधान २०७२ काे आधारभूत विशेषताहरू के के हुन्?

संविधान भनेको के हो?

संविधान कुनै पनि देशको मूल (प्रमुख) कानुन हो।स्वतन्त्र देशमा संविधान रहेको हुन्छ र संविधानका आधारमा राज्य सञ्चालन गरिन्छ। हाम्रो देश नेपाल पनि “नेपालको संविधानबाट” शासित छ। उदाहरणका लागि सरकारका तिन अङ्ग (व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका) कसरी बन्दछन् र तिनीहरूको कार्यविभाजनको बारेमा संविधानमा नै उल्लेख गरेको हुन्छ। संविधानले सरकारलाई शक्ति प्रदान गर्नुका साथै त्यस् शक्ति माथि नियन्त्रण पनि गर्दछ। यसका साथै नागरिकका मौलिक हक अधिकारको व्यवस्था गरी, हक अधिकार प्रदान गर्नुपर्नेमा राज्यको दायित्व कस्तो हुन्छ र ती अधिकारहरुको हनन भएमा कसरी उपचार पाउने भन्ने सम्बन्धमा पनि संविधानले तोकेको हुन्छ।

नेपालको संविधान २०७२ का आधारभूत विशेषताहरू:

नेपालको संविधान २०७२ साल आश्विन ३ गते जारी भयो जुन जनताहरूको जनप्रतिनिधिले बनाएको र संविधान सभाद्वारा जारी नेपालको पहिलो संविधान हो। यो संविधान नेपालको सातौं संविधान हो। नेपालको संविधान २०७२ मा १५ वटा भाग, ३०८ वटा धारा र ९ वटा अनुसूची छन्। नेपालको संविधान अमेरिकाकाे संविधान जस्तो न धेरै सानो छ, न त भारतको संविधान जस्तो लामो नै छ। नेपालको संविधान २०७२ काे विशेषता तल निम्नलिखित छन्।

  • संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था,
  • सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित,
  • सात प्रदेशको संघीय संरचना,
  • संघ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना,
  • सुधारिएको संसदीय शासन प्रणाली, सांसदबाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने,
  • दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने,
  • मिश्रित निर्वाचन प्रणाली,
  • केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा सहित दुई सदनात्मक संघीय संसद भएको,
  • एकीकृत न्यायपालिका भएको,
  • केन्द्रमा सर्वोच्च अदालत रहेको,
  • आमा बुवाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्था,
  • धर्मनिरपेक्ष राष्ट्र घोषित,
  • राष्ट्रिय जनावर गाई राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत् राखिएको,
  • संविधान जारी भएको ७ दिनमा प्रधानमन्त्री, २० दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था।

FAQs (सोधिएको प्रश्नोत्तरहरु)

प्रश्न: नेपालको संविधान कहिले जारी भएको हो?
उत्तर: नेपालको संविधान २०७२ साल आश्विन ३ गते जारी भएको हो।

प्रश्न: नेपालको संवैधानिक इतिहासमा संविधान सभाबाट जारी भएको संविधान कुन हो?
उत्तर: वि.स. २०७२ साल आश्विन ३ गते हरिभएको नेपालको संविधान नेपालको संवैधानिक इतिहासमा संविधान सभाबाट जारी भएको संविधान हो।

प्रश्न: नेपालको संविधानमा कतिओटा भाग, धारा र अनुसूची छन्?
उत्तर: नेपालको संविधानमा ३५ वटा भाग, ३०८ वटा धारा र ९ वटा अनुसूची छन्।

प्रश्न: नेपालको वर्तमान संविधानको आधिकारिक नाम के हो?
उत्तर: नेपालको वर्तमान संविधानको नाम नेपालको संविधान हो।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here