कानूनको अर्थ
कानून भनेको के हो – कानून भनेको नियमहरुको दस्तावेज हो जसले मान्छेहरूको व्यवहार तथा क्रियाकलाप नियन्त्रण गर्छ । कानून मान्छेको व्यवहारलाई नियन्त्रण गर्छ, जनताको हकअधिकार सुनिश्चित गर्छ र सरकारको शक्ति सिमित गर्छ । देश र समाजलाई सुव्यवस्थित तथा मर्यादित कानून बनाइएको हुन्छ । कानून नभइ नहुने कुरा हो । कानूनको अभावमा राज्य सञ्चालनको कल्पना पनि गर्न सकिदैन ।
कानून शब्दको उत्पत्ति ल्याटिन भाषाको ट्युटानिक (Teutonic) शब्दबाट भएको हो । कानूनलाई फरक फरक भाषामा फरक फरक शब्दले चिनिएको पाइन्छ । कानूनलाई अङ्ग्रेजीमा ल (Law), सास्कृतिकमा विधि, हिन्दुमा धर्म, जर्मनमा रेस शब्दबाट चिनिन्छ । कानून शब्द नेपाली भाषाबाट आएको हो जस्तो लाग्न सक्छ तर कानून शब्द अरबी भाषाबाट आएको शब्द हो ।
कानूनले मान्छेको क्रियाकलाप नियन्त्रण गर्नुको साथै मान्छेलाई मर्यादित बनाउँछ । कानूनले समाजमा भैरहेको अनावश्यक घटना जस्तै चोरी, डकैती, लुटपाट, बलत्कार जस्ता घटनालाई हुन बाट रोक्छ । कानूनले समाजमा शान्ति सुव्यवस्था कायम गर्छ ।
मानिस सामाजिक प्राणी हो । मानिसको व्यक्तिगत एवं सामाजिक क्रियाकलाप सञ्चालन गर्ने सिलसिलामा व्यक्तिलाई स्वतन्त्र बन्न दिनुहुँदैन । नियन्त्रण बिना कुनै पनि गतिविधि सञ्चालन गर्न दिने हो भने शक्ति हुनेले कमजोरलाई अतिक्रमण गर्दछन् । निश्चित सिमा एवं दायराभित्र रहेर गतिविधि सञ्चालन गर्दा कमजोर बनेकाहरुको समेत अधिकारको संरक्षण हुन्छ । मानव जीवनको विकाससँगै मानवले आफ्नो व्यवहार आचरणलाई नियमित गर्नका लागि विभिन्न नियमहरू बनाउँदै आएका छन् ।
राज्य, सरकार, परिवार, सम्पत्ति सम्बन्धित अवधारणा विकास भएपछि मान्यताले आदेश पाउन थाल्यो । यसै मान्यताको आधारमा राज्यले आफुले निर्धारण गरेको मापदण्ड अनुसार कर्तव्य र दायित्व पूरा गर्नका लागि साथै अनुचित आचरण र व्यवहार गरेमा दण्ड दिने अधिकार राज्यसँग सुरक्षित हुने, यही मान्यतामा आधारित रहेर राज्यले आफ्नो नागरिकहरुले के गर्न हुने र के गर्न नहुने भने एउटा निश्चित मापदण्ड तयार गर्दछ जसलाई कानून भनिन्छ ।
कानून एउटा यस्तो माध्यम हो जसको सहायताबाट व्यक्तिको आचरण र व्यवहारलाई नियन्त्रण राखी समाजमा शान्ति सुव्यवस्था काम गर्दछ । व्यक्तिका कार्य उचित अनुचित के हो छुट्याउनको लागि बनाइएको नियमलाई कानुन भनिन्छ ।
कानूनको परिभाषा
धेरै कानूनका विद्वान्हरूले कानूनको परिभाषा आफ्नो तरिकाले गरेको भएता पनि , केही कानूनका परिभाषा हरु यसप्रकार छन् ।
१. Plato: “कानून यथार्थताको अन्वेशक हो।”
२. Roscoe pound: “जनइच्छाको प्रतिबिम्ब हो”
३. Salmond: “कानून सिद्धान्तको सम्भुख हो,जसलाई न्याय प्रशासनको सिलसिलामा राज्यद्वारा लागू गरी मान्यता प्रदान गरिएको छ”।
४. Austin: “यो आचरण र व्यवहार को यस्तो नियम हो। जसलाई संप्रभु द्वारा बनाइन्छ र लागू गरिन्छ।”
कानूनका विशेषताहरू
१. कानुन देशको आधिकारीक एवं सर्वोच्च निकाय जारी गरिएको हुन्छ । यसको पछाडि राज्यको शक्ति लुकेको हुन्छ, त्यही शक्ति को कारणले नागरिक यसको पालना गर्न बाध्य हुन्छ ।
२. कानून र न्याय बिच घनिष्ठ सम्बन्ध हुन्छ ।
३. कानून सँधै सर्वोच्च (सबैभन्दा उच्च) हुन्छ ।
४. अदालतद्वारा ब्याख्या हुन्छ ।
५. कानून परिवर्तनशिल एवं कठोर हुन्छ ।
६. कानूनले समाजलाई र समाजले कानूनलाई निर्देशित गरेको हुन्छ।
७. कानूनको सम्बन्ध मानव र समाजसँग हुन्छ।
८. राज्यको आर्थिक, सामाजिक, र सास्कृतिक प्रणालीमा कानूनले निर्देशित गर्दछ।
कानूनको महत्व र आवश्यकता
१. समाजमा सामानता कायम गर्न : कानून बिनाको समाजको परिकल्पना पनि गर्न सकिदैन । कानून बिनाको समाज भेडाहरूको बासस्थान जस्तै हुन्छ । कानून बिनाको समाजमा बलियो पक्षको शासन हुन्छ र बलियो पक्षले सधै कमजोर पक्षलाई शोषण गर्छन् तर कानूनले त्यस्तो कार्यलाई नियन्त्रण गरी समाजमा सबैलाई सामान हकअधिकार दिन्छ । सबैलाई सामान अवसर दिन्छ । सामाजमा रहेका भेदभाव अन्त्यगर्छ । यसरी कानूनले सामाजमा सामानता कायम गर्छ ।
जस्तै: संविधानको धारा १७ ले कानूनको दृष्टिमा सबै जनता सामान हुनेछन् । कानूनको सामान संरक्षण बाट कोही पनि बञ्चित हुने छैन । कसैले कसैलाई जातीय, लैङ्गिक, शारीरिक, धर्म सास्कृतिकको आधारमा भेदभाव गर्नु हुदैन । यदि कसैले भेदभाव गरेमा सजाय हुने भनेको छ ।
२. समाजमा शान्ति सुव्यवस्था कायम गर्न : कानूनले समाजमा हुने चोरी, लुटपाट र करणी जस्ता अपराधहरू लाई रोक्छ अनि समाजमा शान्ति सुव्यवस्था कायम गर्छ । फौजदारी कानूनले समाजमा हुने अपराधिक गतिविधि सम्बन्धी सम्पूर्ण कुराको वारेमा व्यवस्था गरी त्यस्तो कार्य नियन्त्रण गर्छ । समाजमा कानूनले प्रतिबन्ध गरेको कार्य वा अपराधिक कार्य गरेमा कानूनले सजाय दिने डरले अपराधीहरु अपराध गर्नबाट डराउने गर्छन् । यसरी कानूनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्छ ।
३. मान्छेहरुको कार्य नियन्त्रण गर्न : मान्छे एउटा प्राकृतिक व्यक्ति हो । मान्छेले आफू चाहेजस्तो कार्य गर्न कोसिस गर्दैछन् । तर कानूनले मान्छेले गर्न हुने कार्य र गर्न नहुने कार्य निश्चित गर्छ । यदि कानूनले प्रतिबन्ध गरेको कार्य कसैले गरेमा कानुनबमोजिम सजाय हुन्छ ।
जस्तै : देवानी कानुनले मान्छेको पद, सम्मान र सम्पत्ति संग सम्बन्धित कार्यहरू नियन्त्रण गर्छ । कसैले कसैको सम्पत्ति हानि पुर्याएकोमा, त्यस्तो क्षति पुर्याउने मान्छेले क्षतिपूर्ति तिर्नु पर्छ ।
कसैले कसैको चरित्र हत्या हुने गरी अफवाह वा प्रचार प्रसार गर्न गराउनु हुदैन । यदि कसैले यस्तो कार्य गरे वा गराएकोमा कानूनबमोजिम कारबाही हुन्छ ।
त्यस्तै फौजदारी कानूनले मान्छेहरूको अपराधिक कार्य गतिविधि नियन्त्रण गर्छ । कानूनले अपराधीहरुको मनमा डर सिर्जना गराउँछ । जस्तै : चोरी, करणी, अरूलाई हानि नोक्सानी पुर्याउने कार्य गरेमा सजाय हुने व्यवस्था गरेपछि मान्छेहरुले यस्ता अपराधिक गतिविधि रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
४. कानूनले न्याय प्रदान गर्छ : कानूनको मुख्य उद्देश्य भनेको नै न्याय प्रदान गर्नु हो । न्याय कानूनको अन्तिम विन्दु हो । न्याय प्रदान गर्ने कानून एउटा माध्यम मात्र हो । कानूनले छिटो छरितो न्याय प्रदान गर्न सहयोग पुर्याउँछ । भनिन्छ कि ढिलो न्याय दिनु न्याय नदिनु जस्तै हो । कुनैपनि ब्यक्तिले कुनै ब्यक्ति माथि अत्याचार वा हानि नोक्सानी गरेमा त्यस्तो हानि नोक्सानी पुर्याउने मान्छेलाई दण्ड सजाय दिन्छ र पिडितलाई न्याय प्रदान गर्छ । नेपालको संबिधानको धारा २० ले न्याय सम्बन्धी अधिकार सुनिश्चित गरेको छ ।
५. कानूनले जनताको हकअधिकार सुनिश्चित गर्छ : कुनैपनि देशको जनताको हकअधिकार सुनिश्चित कानूनले नै गरेको हुन्छ । कानूनले संबिधानमा नै देशका जनताहरूको हकअधिकार सुनिश्चित गरेको हुन्छ । हाम्रो संबिधानले पनि संबिधानको भाग ३ मौलिक हकअधिकार अन्तर्गत जनताको हकअधिकार सुनिश्चित गरेको छ । कुनैपनि व्यक्ति वा सरोकारवालाले कुनै ब्यक्तिको अधिकारमा बाधा पुर्याउनु हुदैन नत्र सजाय हुन्छ ।
६. कानूनले सबै ब्यक्तिलाई सामान अवसर प्रदान गर्छ : कानूनले सबै ब्यक्तिलाई कुनैपनि अवसरमा सहभागी हुन सामान मौका प्रदान गर्छ । कुनैपनि सरकारी कार्यालयमा कुनैपनि पदमा कर्मचारी नियुक्ति गर्नुपरेमा त्यसको लागि छुट्टै आयोग गठन गरेको हुन्छ । अनि त्यस्तो आयोगले बिज्ञापन खोल्छ र आवेदन दिएका सम्पूर्ण ब्यक्तिहरूको पारदर्शी तरिकाले परीक्षा लिन्छन् अनि मात्र त्यस्तो पदमा नियुक्ति गर्छन् । जस्तै : लोकसेवा आयोग
७. कानूनले असहाय र अनाथ ब्यक्तिलाई संरक्षण गर्छ : समाजमा असहाय र अनाथ बालबालिकाहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यस्ता अनाथ र असाहय ब्यक्तिको स्वास्थ्य, वासस्थान, खाना सम्बन्धी व्यवस्था कानूनले नै गरि दिन्छ । कानूनले त्यस्ता असाहय र अनाथहरूको लागि खाने, बस्ने र पढ्ने व्यवस्था मिलाइ दिन्छ । यसरी कानूनले असहाय र अनाथ बालबालिका र वृद्धलाई संरक्षण गर्दै आएको छ ।
Law is a best
11
It’s is specifically help for law student and others people 😊
Thank you 😊
it’s helpful thank you