मुलुकी ऐनको अर्थ (Muluki Ain)
मुलुकी ऐन – साधारणतया एक व्यवस्थित समाजको निर्माण गरी सबैलाई न्याय प्रदान गर्न तथा समाजमा हुने मानवीय व्यवहार लाई सुव्यवस्थित तरिकाले नियन्त्रणका लागि कानुनको निर्माण गरिन्छ । जुन समय कालखण्ड अनुसार विभिन्न माध्यम द्वारा प्रस्तुत हुँदै आएको छ ।
साधारणतया मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम काे भूमिका निर्वाह गर्दछ। मुलुकि ऐन लाई साधारण रुपमा एक कानुनको भागको रूपमा हेर्न गर्न सकिन्छ ।
मुलुकी ऐनको इतिहास (History of Muluki Ain)
विश्व को पक्ष मा फ्रान्समा नेपोलियनले सर्वप्रथम code को निर्माण गरेको इतिहासले प्रष्ट पार्दछ । जसद्वारा civil legal system समेत निर्माण भएको पाईन्छ ।
नेपालमा मुलुकि ऐनको सुरुवात (Drafting of Muluki Ain in Nepal)
१९१० भन्दा पहिले नेपालमा भने व्यवस्थित कानुन थिएन , किनकि नेपाली नेपाल को कानूनी प्रणाली धर्ममा आधारित र धर्मग्रन्थ द्वारा नै सञ्चालन भइरहेको थियो । तर केही समयपश्चात् नेपालमा संहिताकरण नगरिएका कानुनलाई संहित बद्द तरिकाले संकलन गरी प्रस्तुत गरियाे । सर्बप्रथम १९१० मा जंगबहादुर राणाद्वारा नेपालको कानुनलाई ब्यवस्थित तरिकाले लेख्यबद्ध गरियो । नेपालमा अहिलेसम्म तीन पटक मुलुकी ऐन बनिसकेको छ । ती तीन वटै मुलुकी ऐनहरूको बारेमा संक्षिप्तमा ब्याख्या गरिएको छ ।
मुलुकि ऐन 1910 (Muluki Ain 1910)
नेपालको इतिहासको पहिलो संहितबद्ध कानुन जसले साधारण देखि गम्भीर विषयलाई समावेश गरेको थियो । मुलुकि ऐनमा विभिन्न नयाँ प्रावधान तथा पुराना प्रधान रहेका छन् । तर पनि केही प्रावधान हरु धर्मग्रन्थ द्वारा समेत प्रभावित रहेका छन् । मुलुकि ऐन 1910 तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाद्वारा बनाइएको हो। जुन समयमा राजा सुरेन्द्र शाह थिए ।
मुलुकी ऐन १९१० का मुख्य प्रावधानहरू
उक्त मुलुकि ऐनमा मा विभिन्न धेरै प्रावधान हरु समावेश गरिएका छन् । उक्त संहिता बद्ध गरिएको नेपालको पहिलो कानुनमा नेपोलियन कोड , हिन्दू धर्मग्रन्थ, लगायतका विभिन्न दस्तावेजहरुमा भएका प्रावधानहरूलाई समावेश गरिएको थियो । मुलुकी ऐन १९१० मा ब्यवस्था गरिएका मुख्य प्रावधानहरू यस प्रकार छन् :
प्रावधानहरू
१. जग्गाजमिन सम्बन्धिको
२. गालि बेईज्यत तथा कुटपिट सम्बन्धी
३. ज्यान सम्बन्धि
४. चाेरी सम्बन्धी
५. पशुचौपाय सम्बन्धी
६. विवाह बारीको
७. आशय करणी सम्बन्धी
८. पशु करणीसम्बन्धि
९. धर्मपुत्र धर्मपुत्री अपुताली सम्बन्धित
१०. सम्पत्ति सम्बन्धी
११. अन्य प्राबधान
मुलुकी ऐन १९१० मा ब्यवस्था गरिएका मुख्य सजायहरू
१. मृत्युदण्ड
२. जन्मकैद
३. सर्वस्वहरण
४. सर्बस्वसहित देशनिकाला
५. देशनिकाला
६. शारीरिक यातना
८. मानसिक यातना
९. जरिवाना
१०. क्षतिपूर्ति
११. जात पतित
१२. अन्य
बिशेष प्रावधान : मृत्युदन्ड न्यायकर्ता ले अन्य अत्यन्त विचार गरी न्याय प्रदान गर्नुपर्ने, यदि नकाटने विष नखुवाउने लाई मृत्युदण्ड दिलायमा निजलाई मृत्यु दण्ड दिलाइने ।
मुलुकी ऐन १९१० मुख्य उदेश्यहरू
- कानुन संहिताकृत गर्नु
- व्यवस्थित कानुन निर्माण गर्नु
- दण्ड सजायमा एकरुपता ल्याउनु
- कानुनमा अन्तर्राष्ट्रिय सिद्धान्त अवलम्बन गर्नु
- समानता कायम गर्नु
मुलुकि ऐन २०२० (Muluki Ain 2020)
मुलुकि ऐन २०२० ले १९१० लाई खारेज गरी विसं २०२० साल भाद्र १ गते देखि लागू भएको तत्कालीन समयको नेपालको सामान्य कानुन नयाँ मुलुकि ऐन २०२० हो जुन तत्कालीन राजा महेन्द्रद्वारा निर्माण गरिएको र तत्कालीन समयमा प्रधानमन्त्री श्री सुवर्ण शमशेर थिय । यसले विभिन्न नयाँ प्रावधानहरूलाई समेत उल्लेख गरि पुराना प्रावधान लाई समेत मान्यता प्रदान गर्यो ।
मुलुकी ऐन २०२० का मुख्य प्रावधानहरू
१. ज्यान सम्बन्धी व्यवस्था
२. बिवाह सम्बन्धि सम्बन्ध बिच्छेद सम्बन्धि
३. करणीसम्बन्धी
४. लुटपिट सम्बन्धी कुटपिट सम्बन्धी
५. हातहतियार सम्बन्धि
६. किर्ते जाल साजी सम्बन्धी
७. करणीसम्बन्धी
८. देवानी विषयहरु
मुलुकी ऐन २०२० मा ब्यवस्था गरिएका मुख्य दण्ड सजायहरू
मुलुकी ऐन २०२० ले मुलुकि ऐन 1910 का विभिन्न दण्डसजाय लाई परिमार्जित गरेको छ । जस्तै पैतला चटाउने , टाङमुनि छिराउने, जात पतित गर्ने , जनाई झिकाउने आदि ।
सजायहरू
१. मृत्युदण्ड
२. सर्वस्व सहित जन्म कैद
३. देशनिकाला
४. सर्वश्वसहित देशनिकाला
५. जरीवाना
६. क्षतिपूर्ति
७. अन्य
मुलुकि ऐन 2074 (Muluki Ain 2074)
नयाँ मुलुकी ऐन लाई खारेज गरी नयाँ प्राबधान सहीत कानुनका अन्तराष्ट्रिय मान्ने सिद्धान्तलाई आत्मसात गरी निर्माण गरिएको २०७५ साल भाद्र ५ देखि लागू गरियकाे साधारण कानून जो वर्तमान समयमा पनि कार्यनयन भइरहेको छ । तर हाल नेपालमा विभिन्न पाँच ओटा मुलुकी संहिता को निर्माण गरिएको छ
१. मुलुकी देवानी संहिता
२. मुलुकी अपराध संहिता
३. मुलुकी देवानी कार्यविधि संहिता
४. मुलुकी फौजदारी कार्यविधि संहिता – मुलुकी देवानी कार्यविधि संहिता
५. फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन
मुख्य प्रावधान
१. मुलुकी देवानी संहिता 2074
यसमा मुख्य रुपमा देवानी विषय सँग सम्बन्धित विषयलाई समावेश गरिएको छ । देवानी कानूनी प्रावधान र मुद्दा र सजाय को व्यवस्था गरिएको छ ।
मुलुकी देवयानी संहिताका मुख्य प्रावधान
- व्यक्ति सम्बन्धी व्यवस्था
- विवाह सम्बन्धी
- सम्बन्ध विच्छेद सम्बन्धी
- अंशवण्डा
- अपुताली सम्बन्धी
- सम्पत्तिसम्बन्धी
- लेनदेन व्यवहार सम्वन्धी
- दान बकस सम्बन्धी
- करार सम्बन्धी
देवयानी कसुरमा हुने सजाय
- जरिवाना
- आवश्यकता अनुसार कैद हुन सक्ने
२. मुलुकी अपराध संहिता 2074
यस संहिता मा मुख्यगरी फाैजदारी विषयलाई समावेश गरिएको छ , जसमा अपराध सम्बन्धी बिषय र सोबापत सजाएको व्यवस्था गरेको छ ।
मुलुकी अपराध संहिताका मुख्य प्रावधान
- अपराध तथा सिद्धान्तहरु
- फौजदारी कसुरहरु
- विवाह सम्बन्धी अपराध
- ज्यान सम्बन्धी अपराध
- कुटपिट सम्बन्धी करणीसम्बन्धी
- चाेरि सम्बन्धी
- लिखत सम्बन्धित
- गाली बेजती सम्बन्धी आदि
सजाय
- आजीवन कारागार
- जन्म कैद
- कैद र जरिवाना
- क्षतिपूर्ति
मुलुकी कार्यविधि संहिता
अदालती कार्यविधि सम्बन्धी व्यवस्था भने कार्यविधि संहितामा गरिएको छ जसमा मुलुकी फौजदारी कार्यविधि संहिता र देवानी कार्यविधि संहिता पर्दछन्।
आवश्यकता र महत्व
- समाजलाई व्यवस्थित तथा शान्त बनाउन
- न्याय प्रदान गर्न
- अपराधलाई नियन्त्रण गर्न
- सामाजिक न्याय तथा सुरक्षा प्रदान गर्न
- अपराधीलाई दण्डित गर्न
- पीडितलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न
चुनौती
समय अनुकूल नयाँ कानुनहरू लागु गर्न वर्तमान समयमा पनि विभिन्न चुनौतीहरु देखिएका छन् । जुन समयअनुकूल नेपालमा देखिँदै आएका छन् जस्तै: करणीसम्बन्धी अपराधमा, acid attack अपराधमा आदि ।
यसका साथै सजायका सन्दर्भमा समेत विभिन्न चुनौतीहरु देखिएका छन् । जस्तै :- सामाजिक कार्यमा अपराधीलाई लगाउन नसकिनु, विकास कार्यमा कैदीको प्रयोग नगर्नु,
निष्कर्ष
यद्यपि नेपालमा वर्तमान समयमा लागु भइरहेको मुलुकी संहितामा आवश्यकता अनुसार प्रायः सबै व्यवस्थालाई समेटिएको छ । जसमा अावश्यकता अनुसार दण्ड सजायको समेत व्यवस्था गरिएको छ । जसले व्यवस्थित समाज निर्माणमा सहयोग गर्दछ ।यसको कार्यान्वयनको पक्ष भने बलियो बनाउन आवश्यक छ ।
FAQs ( प्रश्नोत्तर )
मुलुकी ऐन भनेको के हो ?
मुलुकि ऐन एक साधारण कानून हो, जसले समाजमा कानुनी सिद्धान्तमा आधारित भई त्यसको उद्देश्य पूरा गर्नका लागि एक महत्वपूर्ण मुख्य माध्यम काे भूमिका निर्वाह गर्दछ।
सबभन्दा पहिले मुलुकी ऐनको सुरुवात कुन देशबाट भएको थियो?
सबभन्दा पहिले मुलुकी ऐनको सुरुवात फ्रान्सबाट भएको थियो।
नेपालको सबभन्दा पहिलो मुलुकी ऐन कुन हो ?
नेपालको सबभन्दा पहिलो मुलुकी ऐन १९१० हो ।
नेपालको सबभन्दा पहिलो मुलुकी ऐन १९१० कसले जारी गरेका थिए ?
नेपालको सबभन्दा पहिलो मुलुकी ऐन १९१० जंगबहादुर राणाले जारी गरेका थिए ।
कुन राजाको पालामा मुलुकी ऐन १९१० जारी भएको थियो ?
सुरेन्द्र राजाको पालामा मुलुकी ऐन १९१० जारी भएको थियो।
जंगबहादुर राणाले कुन हैसियतमा मुलुकी ऐन १९१० जारी गरेका थिए?
जंगबहादुर राणाले प्रधानमन्त्रीको हैसियतमा मुलुकी ऐन १९१० जारी गरेका थिए ।
मुलुकी ऐन २०२० कहिले जारी भएको थियो ?
मुलुकी ऐन २०२० बि.स. २०२० भाद्र १ गते सालमा भएको थियो ।
मुलुकी ऐन २०२० कसले जारी गरेका थिए ?
मुलुकी ऐन २०२० राजा महेन्द्रले जारी गरेका थिए ।
मुलुकी ऐन २०७४ कहिले जारी भएको थियो ?
मुलुकी ऐन २०७४, भाद्र १ गते २०७४ सालमा जारी भएको थियो ।
नेपालको सबभन्दा पुरानो मुलुकी ऐन कुन हो ?
नेपालको सबभन्दा पुरानो मुलुकी ऐन, मुलुकी ऐन १९१० हो ।
कुन मुलुकी ऐनलाई सबैभन्दा कठोर मुलुकी ऐन मानिन्छ ?
१९१० का मुलुकी ऐनलाई सबैभन्दा कठोर मुलुकी ऐन मानिन्छ ।
कुन मुलुकी ऐनले पहिलो पटक छुवाछुतको अन्त्य भएको घोषणा गरेको थियो ?
मुलुकी ऐन २०२० ले पहिलो पटक छुवाछुतको अन्त्य भएको घोषणा गरेको थियो ।
हालसम्म नेपालमा कतिवटा मुलुकी ऐन जारी भएको छ ?
हालसम्म नेपालमा तीनवटा मुलुकी ऐन जारी भएको छ ।
सबैभन्दा बढी समयसम्म प्रयोगमा रहेको मुलुकी ऐन कुन हो ?
सबैभन्दा बढी समयसम्म प्रयोगमा रहेको मुलुकी ऐन १९१० हो ।
मुलुकी ऐन २०७४ कतिपटक संसोधन भएको छ ?
मुलुकी ऐन २०७४ दुईपटक संसोधन भएको छ ।
चक्र ओली
सदस्य, कानुन बिद् नेपाल
यो पनि पढ्नुहोस् :
मलाई अावश्यक धेरै कुरा पाए।।।खुशि लाग्याे धन्यवाद 🙏🙏🤗🤗