साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)टी२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।
सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो । दिल्लीका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते ।