Tuesday, October 15, 2024
Homeकानूनी शब्दार्थम्याद तामेलीको कार्यविधि

म्याद तामेलीको कार्यविधि

देवानी मुद्दामा फिराद पत्र पत्र दर्ता गरेपछि तीन दिनभित्र प्रतिवादीको नाम म्याद तयार गर्नुपर्दछ भनी देवानी कार्यविधि संहिताको दफा ९९ ले व्यवस्था गरेको छ। त्यस्तो म्याद तीन प्रति तयार गरी वादीले खुलाएको प्रतिवादीको वतनमा अदालतको एक कर्मचारी तामेलदारलाई पठाइन्छ। यसरी पठाएको तामेलदारले सम्बन्धित पक्षको घरमा पुगी भेटे सम्म निजलाई, निजलाई नभेटे उक्त घरको उमेर पुगेको व्यक्तिलाई म्याद बुझाउनु पर्दछ। त्यसरी बुझाउने व्यक्तिलाई एकप्रति म्याद र फिरादपत्रको नक्कल भरपाई गराउनुपर्दछ। प्रतिवादी र निजको घरका उमेर पुगेका व्यक्ति नभेटिएको अवस्थामा उक्त घरको दैलोमा म्याद टाँसी, दुईजना स्थानीय निकायको सदस्य वा कर्मचारी एवं दुईजना साक्षी साथमा राखेको भन्ने कुराको प्रतिवेदन गराई अदालतमा बुझाउनु पर्दछ। निजको घरदैलो पनि पत्ता नलागेमा सोही व्यहोराको प्रतिवेदन अदालतमा पेश गरी कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा सुचना प्रकाशित गरिन्छ। यसरी सूचना प्रकाशित गरेको मितिलाई नै म्यादतामेलको मिति तोकिन्छ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित पोस्ट

संवैधानिक कानून भनेको के हो?

संविधानले परिकल्पना गरेका विभिन्न अंग तथा निकायहरुले गर्ने काम कारवाहीलाई व्यवस्थित गर्न संविधानको अधिनमा...

प्रतिउत्तर पत्र भनेको के हो?

कसैले अदालतसमक्ष कसैका उपर फिराद पत्र दर्ता गरेपछि अदालतले फिराद पत्रमा विपक्षी बनाएको व्यक्तिलाई...

दरपीठ भनेको के हो?

अड्डा अदालतको प्रमुख समक्ष पेश गरिएको लिखतको रित नपुगेको भए त्यस्तो लिखत लाई फिर्ता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: