Saturday, April 20, 2024
Homeसमाचारराष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ । कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए ।

वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्‍चालन भएको थियो । संक्षिप्त परीक्षाको प्राप्तांक शिक्षकले जथाभावी पठाएपछि नतिजा प्रकाशनमा ढिलाइ भएको थियो ।

बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो । चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो ।

अब विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् ।
२०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ ।

यसरी हेर्नुहोस् नतिजा

नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा एसेमेस गरेर पनि नजित हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड   नेपाल टेलिकमको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -BALLB Entrance Preparation Class Admission Open in Nepal

कानूनी ज्ञान

error: