Tuesday, October 15, 2024
Homeसमाचारकाठमांडूमा निषेधाज्ञा थपिने र जोरविजोर प्रणालीमा सार्वजनिक यातायात...

काठमांडूमा निषेधाज्ञा थपिने र जोरविजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनको तयारी

काठमाडौँ –  कोरोना संक्रमणको जोखिम कायमै रहेकाले उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन ।

प्रजीअ कालीप्रसाद प्रजुलीले ‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ भनेर भने । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।

जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु जस्तै मोटरसाइकिल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरी खोलिने छ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायत बन्द नै रहनेछ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्न दिने प्रजिअ पराजुलीले बताए ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते  निषेधाज्ञा शुरू हुँदा  काठमाडौँ उपत्यकामा नै दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा छ ।

संक्रमण घट्दै जाँदा सरकारले उडान पनि खुलाउने निर्णय गरिसकेको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

१ नम्बरका लागि विद्यार्थी बोर्ड विरूद्ध अदालतमा दायर गरे...

MP बोर्ड विरुद्ध विद्यार्थी फाइल मुद्दा: बोर्ड परीक्षाले कसैको लागि उसको भविष्य निर्धारण गर्दछ।...

बेलायतमा बलात्कार र यौन दुर्व्यवहारको आरोपमा एकजना सांसद पक्राउ

बलात्कार र यौन दुर्व्यवहारको आरोपमा बेलायतमा कन्जरभेटिभ पार्टीका एकजना सांसद पक्राउ परेका हुन्। यौन...

अस्ट्रेलियामा अदालतको आदेशले इन्टरनेटमा सेन्सर गर्नुपर्ने अवस्था आउने गुगलको...

गुगलले अस्ट्रेलियाको सर्वोच्च अदालतलाई २०२० मा उसको विरुद्ध दिइएको एउटा आदेश उल्ट्याउन आग्रह गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: