निवेदन भनेको के हो ? कानुनी निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरु | कानुनी निवेदनको नमुना

कानुनी निवेदन | निवेदन | निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरु

निवेदन भनेको के हो ? निवेदन कसरी लेख्ने र निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? सामान्य निवेदन र कानुनी निवेदन बीचमा के फरक छ ? सामान्य निवेदन र कानुनी निवेदनको नमुना आदि कुराहरू यसभित्र समेटिएको छ ।

निवेदन भनेको के हो ?

कुनै ब्यक्तिले सम्बन्धित सरोकारवाला ब्यक्ति वा संस्थासँग कुनै बिषयमा केही माग गर्दै लेख्ने पत्रलाई निवेदन भनिन्छ । जब कुनै ब्यक्तिलाई कुनै कुरा सम्बन्धी केही माग गर्दा पत्र लेख्छ त्यस पत्रलाई निवेदन भनिन्छ । निवेदन धेरै किसिमको हुन्छ । जस्तै : बिदाको लागि लेखिने निवेदन, अदालतमा लेखिने निवेदन, रिट निवेदन, वारेसनामा निवेदन आदि । तर निवेदनको पकृतिलाइ हेर्दा निवेदनको किसिमलाई सामान्य र कानुनी गरी दुई भागमा विभाजन गर्न सकिन्छ । सामान्य निवेदन भनेको सामान्य ब्यक्तिहरू वा संस्थाले सामान्य कामका लागि लेख्ने गर्दछन् तर कानुनी निवेदन भनेको अदालती प्रक्रिया अगाडि बढाउन वा अदालत संग सम्बन्धित हुन्छ वा सरकारी कार्यालयले लेख्ने गर्दछन् ।

सामान्य निवेदन र कानुनी निवेदन बीचमा फरक

  • सामान्य निवेदन भन्दा कानुनी निवेदन फरक किसिमको हुन्छ र सामान्य निवेदन सामान्य किसिमको हुन्छ भने कानुनी निवेदन बिशेष किसिमको हुन्छ,
  • सामान्य निवेदन कुनै पनि मान्छेले लेख्न सक्छ भने कानुनी निवेदन कानुन व्यवसायी वा कानुनमा दखल प्राप्त गरेका मान्छेले मात्र लेख्न सक्छ,
  • सामान्य निवेदन सजिलै बुझ्न सकिन्छ र साधारण मान्छेले पनि सजिलै बुझ्न सक्छ तर कानुनी निवेदन सामान्य मान्छेलाई बुझ्न गाह्रो हुन्छ,
  • सामान्य निवेदनमा सामान्य शब्दहरूको प्रयोग गरिन्छ भने कानुनी निवेदनमा बिशेष अर्थ दिने शब्दको प्रयोग गरिन्छ,
  • कानुनी निवेदनमा तत्सम शब्द बढी प्रयोगको साथै अरबी र फारसी शब्दको बाहुल्यता पाइन्छ ।

सामान्य निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरु

  • निवेदन कहिले लेखिएको हो सो मिति लेख्नुपर्छ,
  • निवेदन कसले लेखेको हो र कसलाई दिने हो सो ब्यक्तिको नाम,
  • निवेदन कुन बिषयमा लेखिएको हो सो बिषय खुलाउनु पर्छ ।

सामान्य निवेदनको नमुना

मिति २०७३/ ४/ ५

श्रीमान प्रधानाध्यापक,

कन्या उच्च माध्यमिक विद्यालय

पोखरा, कास्की

विषय : गरिब तथा जेहेनदार छात्रवृत्ति पाऊँ

महोदय,

बिनम्र निवेदन यो पेश गर्दछु की यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यही २०७३ / ४ / १० / गते भित्र गरिब तथा जेहेनदार छात्रवृत्ति लागि विद्यालयमा निवेदन आह्वान गरेकाले मैले पनि यो निवेदन दिएको छु |

म यस विद्यालयको एक मिहेनेती, जेहेनदार तथा  नियमित छात्र हुँ | मेरो घरको आर्थिक अवस्था एकदमै कमजोर छ | दिनरात मेहेनेत गर्दा पनि घरमा बिहान बेलुका खानाको धेरै दुख छ | मलाई नियमित रुपमा किताब, कापी जुटाउन पनि सकिरहनुभएको छैन | मैले कक्षा ६मा पनि प्रथम भएर गरिब तथा जेहेनदार छात्रवृत्ति प्राप्त गरेको कुरा श्रीमानलाई अवगतै होला | अत : मेरो पढाईलाई निरन्तरता दिन गरिब तथा जेहेनदार छात्रवृत्ति पाऊँ भनी श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु |

आज्ञाकारी छात्रा

सुमित्रा पराजुली

कक्षा : ७

रोल नं. १

देवी उच्च माध्यमिक विद्यालय दमक, झापा

कानुनी निवेदन लेख्दा ध्यान दिनुपर्ने कुराहरू

  • निवेदन कहाँ दिने, कुन बिषयमा दिने, कसलाई दिने र कुन मुद्दामा दिने र कसका बिरूद्दमा दिने र वादी प्रतिवादि प्रष्ट रूपमा खुलाउने,
  • अदालतको नाम, निवेदनको बिषय, निवेदक र प्रतिवादि दुबैको ठेगाना, उमेर, नाम, वादी वा प्रतिवादि भएको खुलाउने,
  • त्यसपछि “म निवेदक निवेदन दस्तुर संलग्न गरी निम्न निवेदन गर्दछु ।” भनेर मात्र निवेदनको मुल ब्योहोरा उल्लेख गर्नुपर्छ ।
  • निवेदनको मुख्य भागमा आवश्यकता अनुसार निवेदनको अनुच्छेद थप्ने,
  • निवेदनमा आफ्ना कुरा लेख्दा त्यस कुरा सम्बन्धी संबिधान वा ऐन कानुनको कुनै धारा वा दफा आकर्षित हुदोरहेछ भने त्यो पनि उल्लेख गर्ने,
  • मुख्य भागको समाप्तिसंगै निवेदनमा माग गरेका कुराको प्रमाणका कागजात बुझाउनु पर्ने रहेछ भनेको वायाँतर्फ नम्बर दिई लेख्नुपर्छ ।
  • निवेदनको अन्तिममा “यो निवेदन पत्रमा लेखिएको बेहोरा ठिक साँचो हो । झुठो ठहरे कानुन बमोजिम सहूँला बुझाउँला ।” उल्लेख गर्नुपर्छ,
  • त्यसपछि निवेदकको नाम, साल, महिना, गते र बारको अंङ्क समेत लेख्नुपर्छ ।

कानुनी निवेदनको नमुना

कानुनी निवेदनको नमुना | कानुनी निवेदन | निवेदन भनेको के हो

 


यो पनि हेर्नुहोस : लेनदेन भनेको के हो ? लेनदेन व्यवहार सम्बन्धी नेपालमा कानुनी व्यवस्था 

BALLB Entrance Preparation Class Admission Open in Nepal

3 COMMENTS

  1. धेरै राम्रो जान्कारी दिनु भयो सर्बसाधारनको लागि अझै गाउघरमा लेनदेन समन्धी पर्ने कानुनी समस्या का बारेमा पनि केहि कानुनी उपचारहरु पनि शेयर गर्नु होला धन्यवाद ।

  2. धेरै राम्रो जानकारी । धन्यबाद न दिदा अन्याय हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here