Sunday, April 21, 2024
Homeआदेश/फैसलासर्वोच्च अदालतको पूर्ण इजलासद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन...

सर्वोच्च अदालतको पूर्ण इजलासद्वारा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश

धेरै दिन देखी चलिआएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्बन्धी विवाद आज सर्बोच्च अदालतकाे पूर्ण इजलासको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन गरिएको फैसलाले टुंगिएको छ।

न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा. मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज विमानस्थल निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्न आदेश दिएको छ।

विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने कार्य वातावरणीय दृष्टिकोणबाट उपयुक्त नभएकोले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नमिल्ने गरी आदेश दिएको हो।

यों रिट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, रञ्जुहजुर पाँडे क्षेत्री, विजयकुमार सिंह दनुवार, पङ्कजकुमार कर्ण र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले सर्वोच्च अदालतमा २०७६ मङ्सिर १७ गते रिट दायर गरेका थिए।

निजगढ विमानस्थलका बनाउँदा पुराना रुख रहेको जङ्गल विनाश गर्ने भएकाले निर्माण रोक्न माग गर्दै रिट दायर गरिएको थिए र २०७६ मङ्सिर २० गते तत्कालका लागि निर्माण कार्य रोक्न न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गरी निर्माण कार्य रोक्न आदेश दिएको थियो।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सरकारका नाममा सर्बोच्च आदेशकाे पूर्ण इजलासले उक्त विमानस्थल निर्माण कार्य रोक्ने फैसला दिएको छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन...

सर्वोच्च अदालतले बाबुको नाम नराखी आमाको मात्र नाम राखेर नागरिकता दिन सकिने गरी परमादेश...

रवि लामिछाने संसद र मन्त्री हुन अयोग्य रहेको सर्वोच्च...

सर्वोच्च अदालतले रवि लामिछानेलाई नेपाली नागरिक नरहेको ठहर गरेसँगै उनको संसद र मन्त्री पद...

प्रधानन्यायाधीशको इजलासमा कुलमान विरूद्ध दायर गरिएको रिटको पेशी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको रिटको सुनुवाइका लागि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: