साज मौन हुन्छ, बाजाको रंग चढेको हुदैन ।
म बनावटी मुस्कान लिएर नाच्छु,
हुन्छ, धानुक बजार मृदंग सारै।
ठेगाना सोध्छन् पायलकी छनकी
एक-एकले लज्जाकि गठरी उतारी ।
सजाँएर चाँदलाई मदहोसी लठ्ठीन्छ।
रमिन्छ छुद्र , शरका ताज उतारी ।
बुद्ध निद्रामा हुन्छ ।
चिचाह्ट कोल्हाल हुन्छ ।
भित्ताले कान हराएको हुन्छ।
नतमस्तक हुन्छिन् ,पुर्णिामाको रात्री ।
नियाल्छिन चाँदनि, दाग आफ्नी शरिरकी ।
रुन्छिन जिम्मेवारी , स्वाभिमान हारेर ।
कति नै फरक छ र ?
तिमी सम्पन्नताको तारोमा बाधेर फुलेकी छौ त्यसैले तिमी स्वाभिमानी छौ र
म विपन्नताको तारोमा बाधेर फुलेकी छु त्यसैले मेरो इज्जत निलामिमा छ।