जब एउटा नारिको जन्म हुन्छ तब यो समाज घृणा गर्न सुरु गर्छ तर यो समाजलाइ के थाह नारिले नै संसार धानेकी छन भनेर एउटा नारिलाइ उस्को घरमा उस्को भाइदाइ ले जति आबश्यकता पुरा गर्न अझै पनि पाइरहेका छैनन र उस्लाइ त अझै काम मै लगाउने हो ताकी उ त बिबाह भएर जाने न परि उस्ले किन पढ्न पर्यो भन्ने धारणा अझै पनि कतिपय ठाउँमा छ ।
तर तिनिहरुलाई के थाह कि जब एउटा नारीको बिबाह हुन्छ तब उस्को काधमा निकै नै भार पर्छ र उस्को माइतमा जे शिक्षा दिइएको हुन्छ उसले उसको घरमा त्यसै अनुसारको काम गर्दछिन ।
उसको छोराछोरि हुन्छन उसलाइ आफ्नो सम्पुर्ण गहना नै त्यही रहन्छन । हर कोहीलाई उस्को आमाबाबु भनेको दरिलो खम्बा रहन्छन । बालबालिकाको पहिलो गुरु नै आमाबाबु हो ताकी उनिहरुबाट नै जे सस्कार सिकाइयो त्यसैमा भर पर्ने गर्दछन उनिहरुको सन्तानलाइ केहि भएमा तिनिहरु जत्तिको दुखी अनि छोराछोरीको उदारणिय काम मा तिनिहरु जत्तिको खुसी कोहि पनि हुदैन ।
आमा संसारमा सबैभन्दा माया गर्ने एक मात्र मान्छे हुन यो स्वार्थी दुनियामा निश्वार्थको माया मात्र आमाले गर्छिन आफु भोकभोकै भएर पनि छोराछोरीको पेट भोरिदिने आमा ,रुदा फकाउने हरेक प्रश्नको उत्तर दिने आमा, सासुससुराको गाली खाए पनि छोराछोरीको अगाडी मिठो मुस्कान दिने आमा, जति नै दु ख पिडा सहन सक्ने सहनसिलता भएकी आमा तिमी भगवान भन्दा कम छैनौ। आमा गरिनसक्नु छ जति बयान गर्दा पनि थोरै लाग्छ ।
यथार्थ भन्दा मैले मेरो अहिले सम्मको जिवनकालमा जति आमा, हजुरआमा र दिदिबहिनी को भुमिका ताजा रुपमा सम्झन्छु त्यती यो मस्तिष्कमा बुवा,हजुरबुवा र दाइभाइको नजर देखिन्छ यसो भनी रहदा वास्तबमा नारी सक्ती भनेको एउटा त्यस्तो बहुरुपु र सक्तिसाली स्वरुप हो जस्को माध्यम बाट सिङ्गो संसारको सृष्टि चलेको छ । हर पुरुष को सपना साकार बनेका छन ।
यसरी एक सिक्काको दुइ पाटा मानिएका नारी पुरुषमा अहिलेको नया युगमा कुनै किसिमको बिभेद हुन हुदैन भनेर अधिकारकर्मी भनीरहदा आजको दिनमा चुलोचौकामा आजको बाध्यात्मक अबस्था अन्त्य भएको छ । तर यति हुदा हुदै पनि समाज सकारात्मक रुपमा नारिलाइ ग्रहण गर्ने सामर्थ्य राख्दैन जास्का कारण स्वयम नारिहरु आफै पनि हुन आफु आफु महिला शशक्तिकरण बाटोमा लाग्नु नै सकारात्मक पाटो हो ।
अन्त्यमा आधी आकाश ढाकेर रहेका यो संसारको रक्षार्थ महान जिम्मेवारी बोकेर कर्तब्यपथमा हिड्नुहुने सम्पुर्ण नारिहरुमा मेरो नमन मनमा भारी काधमा जिम्मेवारी बोकेर क्षितिजपारिको यात्रामा अहोरात्र खटिनुहोला सुभकामना छ किनकी यो शक्तिबिना सकरात्मक परिवर्तनका यात्रा असफल हुने देखिन्छ ।
सन्देश खनाल
पाणिनि गाउपालिका 3 अर्घाखाँची