Sunday, June 23, 2024
Homeकानूनी जानकारीसारवान कानून र कार्यविधि कानूनकाे परिभाषा, महत्व र...

सारवान कानून र कार्यविधि कानूनकाे परिभाषा, महत्व र बीचको फरक

यसभित्र तपाईले सारवान कानून भनेको के हो ? कार्यविधि कानून भनेको के हाे ? सारवान कानून र कार्यविधि कानून बीच के फरक छ ? आदि कुराहरूको बारेमा थाहा पाउनुहुनेछ ।

सारवान कानून भनेको के हो ?

व्यक्तिका हक अधिकारको सिर्जना गर्ने कानुनलाई सारवान कानून भनिन्छ। यसले वास्तविक न्यायको अनुभूति दिलाउँछ । यसले हकदैया सिर्जना गर्दछ । यसले ब्यक्तीको हकअधिकार, पद, प्रतिष्ठा ,धन, सम्पत्ति आदिको हरण भएमा दिलाउँदछ । व्यक्तिगत स्वतन्त्रता र समानताको संरक्षण गर्दछ ।

व्याक्तिको स्वतन्त्रबरुपमा बाँच्ने, हिँडडुल गर्ने, धन सम्पत्ति आर्जन गर्ने, भोग र उपभोग गर्ने अधिकारको प्रत्याभूति गर्दछ। शान्तिपूर्ण जीवन यापन द्वारा आफ्नो ब्यक्तित्व विकास गर्ने अवसर उपलब्ध गराउँदछ ।जसले आफ्नो अधिकारको उपभोग गर्दा अरुको हक हनन गर्नु हुँदैन भन्ने कुरा निर्धारण गर्दछ।

सारवान कानूनले व्यक्तिको हकअधिकार र दायित्व के के हो, हकअधिकार हनन् भएमा केकस्तो न्याय क्षतिपूर्ति पाइन्छ आदी कुराहरूको व्यवस्थित व्यवस्था गर्दछ । सारवान कानूनले व्यक्तिको हकअधिकार सुनिश्चित मात्र गर्दछ । सारवान कानून आफैमा पूर्ण छैन् । नेपालको संविधानको भाग तीन मौलिक हकअधिकार अन्तर्गत धारा १६ देखि ४५ सम्म सारवान कानूनको उदहारण हुन् ।

सारवान कानूनको महत्व के-के हुन् ?

  • जनताको हकअधिकार सुनिश्चित गर्न,
  • सरकारको शक्तिलाई सिमित गर्न,
  • हकअधिकार हनन् भएमा क्षतिपूर्तिकाे ब्यवस्था गर्न,
  • जनतालाई अधिकासम्पन्न भएको महसुस जग्रिक्त गराउन,
  • जनताको शारीरिक, मानसिक तथा आर्थिक विकास गर्न ।

याे पनि पढ्नुहाेस् :-  देवानी कानून भनेको के हो ? देवानी कानूनको आवश्यक्ता, महत्व र सिद्धान्त

कार्यविधि कानून भनेको के हाे ?

कानूनका प्रकारहरु मध्ये प्रमुख एक प्रकारको कानुन सारवान तथा कार्यविधि कानुन हो । सारवान कानूनले व्यवस्था गरेको हक, अधिकार , कर्तव्य र दायित्वलाई कार्यान्वयनमा लैजाने अर्थात् न्यायको उद्देश्य प्राप्त गर्ने माध्यम कार्यविधि कानुन हो । कार्यविधि कानूनलाई न्यायको द्वार (ढोका) पनि भनिन्छ ।

हकअधिकार प्राप्तिका लागि कर्तब्य र दायित्व परिचालनका लागि न्यायिक तथा अर्धन्यायिक निकायमा मुद्दा दर्ता गर्ने देखी मुद्दाको उद्देश्य प्राप्ति सम्मका तथा मुद्दाको कार्यान्वयन गर्ने सम्म अपनाइने सम्पूर्ण प्रक्रियालाई कार्यविधि कानून भनिन्छ । कार्यविधि कानून को उत्पत्ति रोमन दर्शनबाट भएको हो भनिन्छ ।

कार्यविधि कानूनले व्यक्तिको हकअधिकार हनन् भएपछि न्याय क्षतिपूर्ति पाउनको लागि के कस्तो प्रक्रिया अगाडि बढाउनु पर्छ आदी कुराहरूको व्यवस्था गर्दछ । जब सारवान कानूनको उलंघन हुन्छ तब कार्यविधि कानूनकाे आवश्यकता शुरु हुन्छ ।

कार्यविधि कानून अदालती प्रक्रिया संग सम्बन्धित छ । कार्यविधि कानून दोषीलाई पक्राउ गर्ने, मुद्दा दर्ता गर्ने, तारिख बुझ्ने, मुद्दाको कारवाही अगाडि बढाउने कुराहरू संग सम्बन्धित हुन्छ । कार्यविधि कानून बिना सार वान कानून अधुरो हुन्छ ।

नेपालको संबिधानको धारा ४६ कार्यविधि कानूनको उदहारण हो । कुनैपनि नेपाली नागरिकको मौलिक अधिकार हनन् भएमा धारा ४६ लाई टेकेर संवैधानिक उपचारको लागि सिधै सर्बोच्च अदालत समक्ष पनि जान सक्छ ।

कार्यविधि कानूनको महत्व के-के हुन् ?

  • जनताको हकधिकर हनन् भएपछि क्षतिपूर्ति दिलाउन,
  • दोषीलाई कारवाही गरी पीडितलाई न्याय दिन,
  • कानूनको अज्ञानता क्षम्य हुदैन भन्ने सिद्धान्तकाे प्रत्याभूति दिलाउन,
  • कानूनको उलंघन गर्न नदिने,
  • कानूनी राज्यको प्रत्याभूति दिलाउन ।

यो पनि पढ्नुहोस् :- फौजदारी कानून भनेको के हाे ? फौजदारी कानूनकाे आवश्यक्ता, महत्व र सिद्धान्त

सारवान कानून र कार्यविधी कानूनबीच फरक

सारवान कानूनकार्यविधि कानून
१. सारवान कानूनले व्यक्तिको हकअधिकार र दायित्व सिर्जना गर्छ ।१. कार्यविधि कानूनले व्यक्तिको हक अधिकार प्रचलन गराउनको लागि प्रक्रिया निर्धारण गर्छ ।
२. यसले अपराधको घोषणा र सजाय निर्धारण गर्छ ।२. यसले सजाय दिलाउन प्रक्रिया निर्धारण गर्छ ।
३. सारवान कानून वास्तविक न्याय हो ।३. कार्यविधि कानून न्याय दिलाउने माध्यम हो ।
४. सारवान कानून साध्य हो ।४. कार्यविधि कानून साधन हो ।
५. सारवान कानूनको उत्पत्ति कार्यविधि कानून भन्दा अगाडि हुन्छ। ५. कार्यविधि कानुनको उत्पत्ति सारवान कानून भन्दा पछाडी हुन्छ ।
६. याे अदालती कारवाही संग सम्बन्धित हुँदैन ।६. याे अदालती कारवाही संग सम्बन्धित हुन्छ ।
७. कार्यविधि कानून नभए पनि सारवान कानून हुन सक्छ ।७. सारवान कानून नभएको खण्डमा कार्यविधि कानून हुन सक्दैन ।
८. उदाहरण :- संविधान, ऐन, मुलुकी देवानी संहिता ऐन, मुलुकी फौजदारी संहिता ऐन आदि ।८. उदाहरण :- मुलुकी देवानी कार्यविधि ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, नियमावली आदि ।

यो पनि पढ्नुहोस् :-  कानून भनेको के हाे ? कानूनको आवश्यकता, महत्व र विशेषता

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Parash Aryal
Parash Aryal
Parash Aryal is Vice Editor-in-chief at Law Scholars Nepal and continuously sharing law related information and knowledge to everyone with the aim of increasing legal awareness in the whole country.
सम्बन्धित पोस्ट

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी...

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: