मुद्दा मामिलामा अदालतले तोकेको म्यादमा वा तारिखमा उपस्थित वा हाजिर हुनुपर्ने पक्षले तोकिएको तारिकको दिन आफू उपस्थित हुन नसक्ने कारण देखाई, आफ्नो सट्टामा तोकिएको तारिखका दिन लिन पाउने गरी पठाएको प्रतिनिधिलाई वारेस भनिन्छ। प्रतिनिधिलाई अधिकार दिनेगरी लेखिएको लिखित पत्रलाई वारिसनामा भनिन्छ। वारिस ले आफुलाई वारिस नियुक्ति गर्ने पक्षको तर्फबाट मिलापत्र बाहेक सबै काम गर्न पाउँदछन्। आफूलाई वारेस दिने पक्षको हित विपरित कुनै पनि काम गर्न पाउँदैन।
वारिसनामा कति प्रकारको हुन्छ?
वारिसनामा खासगरी दुई प्रकारका हुन्छन्ती, निम्न छन्।
- साधारण वारिसनामा
- अधिकृत वारिसनामा
1. साधारण वारिसनामा: सबै देवानी मुद्दामा र दुनियावादी हुने फौजदारी मुद्दामा समेत अदालतमा उपस्थित भई तारिख लिइ प्रमाण पेश गरिने र कानुन व्यवसायी नियुक्त गरी प्रतिरक्षा गर्न, अधिकार प्राप्त प्रतिनिधिलाई दिने अधिकार पत्रलाई साधारण वारिसनामा भनिन्छ।
2. अधिकृत वारिसनामा: कसैले आफ्नो तर्फबाट कुनै काम गर्नका लागि विशेष प्रकारको अधिकार दिई अदालतमा वा बिदेशी राजदुतावासबाट प्रमाणित गराई दिने वारिसनामालाई अधिकृत वारेसनामा भनिन्छ।
अधिकृत वारिसनामा पनि दुई प्रकारका हुन्छन्:
- मुद्दामामिलामा दिइने अधिकृत वारिसनामा
- अचल सम्पत्तिको हक हस्तान्तरण गर्न दिइने अधिकृत वारिसनामा
यो पनि पढ्नुहोस्: प्रहरीले जाहेरी दरखास्त दर्ता गर्न नमाने के गर्ने?