निष्पक्षताको परिभाषा दिनलाई हुन त म कुनै अधिकारी होइन । तर मलाई यसको परिभाषा दिन आवश्यक पनि छैन र खोज्न पनि आवश्यक छैन । किनकि निष्पक्षताको विश्वव्यापी परिभाषा दिएर उत्कृष्ट परिभाषा र व्याख्या गर्न सकिएला , तर वास्तविकता के छ यसतर्फ ध्यानाकर्षणकाे आवश्यकता छ ।
देशको मूल कानुनको रुपमा लिइने संविधान , संविधान अन्तर्गतका ऐन , सङ्घीयता पश्चात्को प्रणाली , नियमावली र हामीले अवलम्बन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा विभिन्न सिद्धान्तले प्रत्येक ठाउँमा वकालत गर्ने तथा प्रत्येक ठाउँमा प्रयोग गरिने शब्द हाे निष्पक्षता । संविधानले पनि प्रस्तावना लगायत प्रत्येक भागमा व्यवस्था गरेको छ ।
के हाे निष्पक्षता ? कसरी परिभाषित गर्ने निष्पक्षता लाई ? निष्पक्षताको वास्तविक परिभाषा के हो ? वास्तविक सिद्धान्त के हो ? के निष्पक्षता 10 लिटर दूधमा एक लिटर पानी मिसाउनु हाे ? निष्पक्षताले कुल 100% कति प्रतिशत ओगट्छ ? वास्तविक निष्पक्षता त्याे हो जहाँ 10 लिटर दूधमा 10 लिटर नै दुध हुन्छ । वास्तविक निष्पक्षताले पुरै एक सय प्रतिशत ओगट्छ । 100 प्रतिशतमा एक प्रतिशत अपुग भय कसरि निष्पक्ष ?
हामीले त्यस्तो सिद्धान्त अवलम्बन गरिरहेका छौं । जहाँ अपराधी सँगै अपराध पनि अन्त्य हुन्छ । हामि सातजना अपराधीलाई छोड्न सक्छौं तर एक जना निरपराधी अर्थात् साधुलाई सजायँको भागि हुन दिँदैनाै । यो वास्तविक निष्पक्षता ।
समाजमा कानुन सबैलाई समानता प्रदान गर्न, सबैलाई निष्पक्ष रुपमा सेवा उपलब्ध गराउन , समाजमा सबैलाई हक अधिकार उपयोग गर्ने वातावरणको सिर्जना गर्न लागू गर्दछाै । यसरी कसैलाई अन्याय भएमा उपचारको लागि पनि व्यवस्था गरिएको छ । यहाँ हामी त्यसका लागि लडौ जहाँ 10 मिटर दुधमा एक लिटर पानी मिसाइएको हुन्छ , त्यो पानी विरुद्ध लडछाै नाकि नाै लिटर दुध विरुद्ध । यसलाई भन्न सकिन्छ निष्पक्ष ।
तर विडम्बना हामी यही नियमलाई ,यहि सिद्धान्तलाई सबै क्षेत्रमा किन लागु गर्दैनाै ? के निष्पक्षता उपचारकाे विषयमा मात्र लागु हुन्छ ?
हामी निश्चित उद्देश्य पूरा गर्नका लागि कानुन सम्मत परीक्षा दिन्छौं ,निष्पक्ष नतिजाको विश्वाससहित हाम्रो प्रतीक्षा निष्पक्षतामा । तर जब नतिजा प्रकाशन हुन्छ, सबै सिद्धान्तलाई बिर्सन्छौं । निष्पक्षताको रुप फेर्छाै । नतिजामा हामी त्यसलाई निष्पक्ष भन्छौं जहाँ 10 लिटर दूधमा एक लिटर पानी मिसाइएको हुन्छ । हामी खुसि खुसि यस्तो निष्पक्षता स्वकार गर्छाै । हामी त्यो एक लिटर दुध अपवाद भन्छाै कस्तो निष्पक्षता । कस्तो व्याख्या हो यो निष्पक्षताको ? के संविधानले अवलम्बन गरेको निष्पक्षताको सिद्धान्त यहि हाे ?
असमानता सँग सम्झौता गरेर अगाडि बढ्नुपर्ने कस्तो निष्पक्षता ? कस्तो वास्तविकता ? निष्पक्ष नभएको काममा पनि सम्झौता गर्नुपर्ने कस्तो व्यवहारिकता ?
अन्तत वर्तमान समयमा निष्पक्षता ले व्यावहारिकतामा आफ्नो रुप परिवर्तन गरिसकेको छ । वास्तविक निष्पक्षताको लागि , संविधानले परिकल्पना गरेको निष्पक्षता का लागि आवाज उठाउन आवश्यक छ । निष्पक्षता सधैंका लागि र सबैका लागि आवश्यक पर्छ ।
सफलतालाई हेरेर निष्पक्षताको परिभाषा दिनु गलत हो ।
वास्तविक निष्पक्षताको लागि सफलताको साथै असफलताको आधारमा निष्पक्षताको व्याख्या गर्न पर्दछ । निष्पक्षता सधै र सबै निष्पक्ष हुनु पर्दछ । निष्पक्षतामा अपवाद हुनुहुँदैन । यसकारण 9 लिटर दुध लाई हेरेर 10 लिटर दूधमा निष्पक्षताको व्याख्या नगरौं । बाँकी एक लिटर दुधलाई पनि हेरि निष्पक्षताको व्याख्या गरौं । सफलतामा लुकेको अस्पष्टता पनि निष्पक्षताको कारक हाे ।
चक्र बहादुर ओली
कानून विद्यार्थी
नेपाल ल क्याम्पस