अड्डा अदालतमा चलिरहेको मुद्दामा झगडाको अन्त्य गरी विवाद समाधान गर्ने कुरामा सहमति जनाई लिखित रुपमा अदालतमा पेश गरि प्रमाणित गराइने लिखतलाइ मिलापत्र भनिन्छ। मिलापत्र गर्दा बादी ले उठाएको विषय र दुवै पक्षले सहमति जनाएको विषय उल्लेख गरिन्छ। जहाँ बादीले अबका दिनमा यो,यसो,यति लिन दिनपर्ने/पाउने तथा प्रतिवादीले यो, यसो,यति लिन दिन नपाउने भनी सो कुरामा दुवै पक्षको मंजूरी छ भन्ने शब्द पारी लिखित रुपमा अदालतमा पेश गरेपछि, अदालतले दुबै पक्षलाई मन्जुर भएको कुरामा पुनः सोधपुछ गरी यो विषयमा यसो गर्न दुवै पक्ष मन्जुर भएकाले मिलापत्र प्रमाणित गरेको छु भनि न्यायाधिसले सहिछाप गर्दछन्। नेपाल सरकारवादी भएको फौजदारी मुद्दामा, सार्वजनिक, सामुदायिक तथा सरकारी जग्गा ब्यक्तीको नाममा गराउने विषयमा बाहेक अरु सबै विषयमा मिलापत्र हुन सक्छ।