Tuesday, October 15, 2024
Homeकानूनी जानकारीप्रहरीले जाहेरी दरखास्त वा सूचना दर्ता गर्न नमानेमा...

प्रहरीले जाहेरी दरखास्त वा सूचना दर्ता गर्न नमानेमा के गर्ने ?

जाहेरी दरखास्त भनेको के हाे ? प्रहरीले त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा के गर्ने ? के प्रहरीले त्यस्तो जाहेरी वा सूचना दर्ता नगरेमा के हुन्छ ? प्रहरीलाई सजाय हुन्छ कि हुन्न ? के हुन्छ यदि प्रहरीले दर्ता गरेन र माथिको प्रहरी कार्यालयले पनि दर्ता गरेन वा सरकारी वकिलले पनि दर्ता गरेन भने ? यो प्रश्नको उत्तर तपाईं यो लेखमा पाउनुहुनेछ ।

जाहेरी दरखास्त भनेको के हो ?

कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित वा मौखिक रूपमा प्रहरी कार्यालयमा दिने सूचनालाई जाहेरी दरखास्त भनिन्छ ।

जाहेरी दरखास्त संग सम्बन्धित कानूनी व्यवस्था मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ काे परिच्छे – २ मा गरिएको छ ।

जाहेरी दरखास्त कहाँ दिने ?

नेपालको कानुनले अपराध भनेर तोकेको कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे जाने सम्मको सबुद प्रमाण खुलाई त्यस्तो कुराको लिखित जाहेरी दरखास्त वा मौखिक सूचना वा विद्युतीय माध्यमको सूचना नजिकको प्रहरी कार्यालयमा दिनुपर्छ ।

जाहेरी दरखास्त वा सूचना कहाँ दिने र कसरी दिने कुराको जानकारी मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ काे दफा ४ मा दिएको छ ।

जाहेरी दरखास्त किन आवयक छ ?

कुनै पनि मुद्दाको अनुसन्धान जाहेरी दरखास्त वा सूचना दर्ता भाएपछि मात्र हुन्छ । दर्ता नभएको मुद्दाको अनुसन्धान हुँदैन र जब अपराध भएको कुरा प्रहरीलाई थाहाँ हुदैन भने अनुसन्धान गर्न सक्दैन । त्यही भएर कसुर भइरहेको वा भएको कुराको जाहेरी दरखास्त वा सूचना दिनु आवश्यक हुन्छ ।

प्रहरीले जाहेरी दरखास्त वा सूचना दर्ता नगरेमा के गर्ने ?

जाहेरी दरखास्त वा सूचना दिएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्ता जाहेरी दरखास्त वा सूचना दर्ता गर्न नमानेमा के कस्तो गर्ने सम्बन्धी व्यवस्था मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ काे दफा ५ ले गरेको छ । जसमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेमा के गरेन कहाँ उजुरी दिन सम्बन्धी कुराको व्यवस्था गरेको छ । तल बुँदागत रूपमा प्रष्ट गरीएको छ ।

१. सम्बन्धित प्रहाहरी कार्यालयले जाहेरी दरखास्त वा सूचना दर्ता गर्न इन्कार गरेमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा सम्बन्धित प्रहरी कार्यालयकाे माथिको प्रहरी कार्यालयमा उजूरी दिनुपर्छ ।

२. यदि त्यस्तो जाहेरी दरखास्त वा सूचना सरकारी जिल्ला वकिल कार्यालय वा माथिलो प्रहरी कार्यालयले पनि दर्ता गर्न इन्कार गरेमा सम्बन्धित जिल्लाका प्रमुख अधिकारी समक्ष उजुरी दिनुपर्छ ।

३. यदि जिल्लाका प्रमुख अधिकारी पनि त्यस्तो जाहेरी दरखास्त वा सूचना दर्ता गर्न इन्कार गरेमा गृह मन्त्रालयमा त्यस्तो उजुरी दिनुपर्छ ।

यस लेख सम्बन्धी तपाईंको केही जिज्ञासा भएमा कमेन्ट गरेर जानकारी गराउन सक्नुहुन्छ । तपाईंको केही प्रश्न भए कम कमेन्ट गर्नुहोला, हामीले तपाईंको प्रश्नको उत्तर दिनेछौ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी...

पुनरावेदन भनेको के हो? कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा...

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: