नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध हितेन्द्र शाक्यले दायर गरेको रिटको सुनुवाइका लागि पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा तोकिएको छ ।
गत भदौ २५ गते रिट प्रधानन्यायाधीश राणाकै इजलासमा पेसी चढेको भएपनि निवेदकको मागका आधारमा सुनुवाइ सरेको थियो । गत भदौ ८ गते कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको थियो । साउन २४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङ पुनः दोस्रो पटक कार्यकारी निर्देशककाे पदमा नियुक्त भएका थिए ।
कुलमान घिसिङकाे नियुक्ती कानून विपरीत रहेको भन्दै हीतेन्द्र शाक्यले नियुक्त गर्ने सरकारी निर्णय विरुद्ध अदालतमा रिट दायर गरेका हुन् । शाक्यले साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
Thank you ❤️