Monday, April 22, 2024
Homeकानूनी जानकारीपुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी...

पुनरावेदन भनेको के हो र मुद्दाको पुनरावेदन सम्बन्धी कानूनी व्यवस्था

पुनरावेदन भनेको के हो?

कुनै अदालतले शुरु कारबाही गरी फैसला वा अन्तिम आदेश गरेको मुद्दामा चित्त नबुझ्ने पक्षलाई सो फैसला वा आदेश उपर पुनरावेदन सुन्ने क्षेत्राधिकार भएको अदालतमा पुनरावेदन गर्ने अधिकार हुन्छ। शुरु अदालत वा पुनरावेदन सुन्ने अदालतले गरेको फैसलामा चित्र नवुझेमा चित नवुझेको हदसम्म आधार र कारण खोली त्यस्तो फ़ैसला उल्टि वा बदर गरिपाऊ भनी मुद्दाका पक्षले पुनरावेदन सुन्ने अदालतमा दिएको लिखित जिकिरलाई पुनरावेदनपत्र भनिन्छ। पुनरावेदनपत्र कानूनको म्यादभित्र तोकिएको ढाँचामा प्रस्तुत गर्नुपर्दछ।

पुनरावेदन कति दिन भित्र गर्नैपर्छ?

देवानी मुद्दामा मुलुकी देवानी कार्यविधि ऐन, २०७४ काे दफा २०५ र फौजदारी मुद्दामा मुलुकी फौजदारी कार्यविधि २०७४ काे दफा १३४ अनुसार शुरु अदालतको फैसला उपर पुनरावेदन गर्दा फैसला भएको थाहा पाएको मितिले ३० दिन भित्र पुनरावेदन सुन्ने अदालतमा पुनरावेदन दिनु पर्छ।

पुनरावेदन दिने म्याद निम्नानुसार कायम गर्नु पर्छः

  • मुद्दाको पक्ष वा वारिसले अदालतमा हाजिर भई फैसला सुनिपाएको भए सोही मितिले,
  • पक्ष हाजिर नभएकोमा फैसलाको सूचना तामेल भएको मितिले,
  • माथि उल्लिखित अवस्थामा बाहेक न्यायाधीशले फैसला प्रमाणीकरण गरेको ६ महिनासम्म फैसलाको नक्कल लिएको मितिले,

सुनुवाईको दिन निर्धारण गरिएको तारिखमा मुद्दाको पक्ष आफैँ वा निजको वारिस उपस्थित भएको रहेछ र सोही तारिखको दिनमा नै मुद्दाको फैसला भएको रहेछ भने मुद्दाको पक्षले फैसला भएको थाहा पाएको मानिनछ। पनरावेदनको म्यादको प्रयोजनका लागि थाहा पाएको मिति कायम गर्दा न्यायाधीशले फैसला प्रमाणीकरण गरेको दिनबाट गर्नुपर्छ।

पुनरावेदनपत्रमा उल्लेख गर्नुपर्ने कुराहरु के-के हुन्?

देवानी मुडमा देवानी कार्यविधि नियमावली २०७५ काे नम्बर ४४ र फौजदारी मुद्दामा फौजदारी कार्यविधि नियमावली २०७५ काे ७१ अनुसार पुनरावेदनपत्रमा दर्ता गर्दा पुनरावेदनपत्रमा निम्नलिखित कुराहरु उल्लेख भएको छ छैन जाँच गरी दर्ता गर्नुपर्छः

  • फैसला वा अन्तिम आदेश गर्ने अदालतको नाम,
  • पुनरावेदक बादी वा प्रतिबादी भएको व्यहोरा,
  • उल्लेख गर्नु पर्ने विवरण मुद्दाको नाम,
  • फैसला वा अन्तिम आदेश भएको मिति प्रमाणीकरण मिति र थाहा पाएको मिति,
  • मुद्दामा दाबी गरेको बिगो र कायम भएको बिगो फैसला वा अन्तिम आदेशमा चित्त नबुझेको विषय, त्यसको आधार र कारण,
  • पुनरावेदन जिकिर र सो को कानूनी आधार,
  • अन्य पक्ष वा प्रत्यर्थीको पुनरावेदन परे वा नपरेको जानकारी भए सो व्यहोरा,
  • लाग्ने अदालती शुल्क र पुनरावेदन दस्तुर बुझाएको भए सो को प्रमाण,

कस्तो अवस्थामा पुनरावेदन लाग्दैन?

देवानी मुद्दामा मुलुकी देवानी कार्यविधि २०७४ काे दाफा २०६ अनुसार निम्न अवस्थामा पुनरावेदन लाग्न सक्दैन तर फौजदारी मुद्दामा फैसला थाहा भएको ३० दिनपछि पुनरावेदन नगरेमा पुनरावेदन लाग्दैन।

  • शुरु म्याद गुजारी प्रतिवाद नगरेको वा प्रतिउत्तरपत्र नदिएकोमा,
  • मुद्दा मिलापत्र गरेकोमा,
  • मुद्दाको दाबी फिर्ता लिएकोमा,
  • वेरितपूर्वक डिसमिस भएको अवस्थामा बाहेक डिसमिस फैसला भएकोमा ।

पुनरावेदनको ढांचा

देवानी मुद्दामा पुनरावेदनको ढांचा सम्बन्धी व्यवस्था मुलुकी देवानी कार्यविधि २०७४ काे दफा २०८(१) अनुसार पुनरावेदनपत्र शिष्ट र मर्यादित भाषामा देवानी कार्यविधि संहिताको अनुसूची २१ को ढाँचामा लेखिएको हुनुपर्छ।

पुनरावेदन देवानी मुद्दाको ढाँचापुनरावेदन देवानी मुद्दाको ढाँचा

त्यस्तै फौजदारी मुद्दामा मुलुकी फौजदारी ऐनको दफा १३६(१) अनुसार पुनरावेदन दिँदा फौजदारी कार्यविधिको अनुसूची-४५ बमोजिमको ढाँचामा दिनुपर्छ। पुनरावेदन जिकिर पुष्टि गर्ने आवश्यक कागजातहरू पुनरावेदन साथ संलग्न गर्नुपर्छ।

पुनरावेदन फौजदारी मुद्दाको ढाँचापुनरावेदन फौजदारी मुद्दाको ढाँचा १

यो पनि पढ्नुहोस्: फैसला भनेको के हो र फैसलापत्रमा उल्लेख गर्नुपर्ने कुराहरु के-के हुन?

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

प्रमाण परीक्षण भनेको के हो?

मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्घ दाबी जिकिर खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण...

तारिख भनेको के हो?

मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारबाहीको...

फिराद पत्र भनेको के हो र फिराद पत्र दर्ता...

देवानी मुद्दाको कारबाही फिरादपत्रबाट शुरु हुन्छ। कुनै व्यक्तिको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले आफ्नो...

5 COMMENTS

  1. Namaste Sir 🙏, ma ahile ballb entrance ma naam nnisker ghar baseko chhu r ahile self-study gardai chhu r tapaiharu ko article video herchhu padhchhu, ramro lagchh r aba ballb entrance ko lagi Law Scholars Nepal mai join garna chahanchhu. Please kasari join garne tyaska process ke chha bhanidinus na, plz plz 🙏❤️

  2. Ekdamai ramro lagchha tapaiharu ko post padhda, thank you very much for providing us such great information………. 😊😊

  3. हेल्लो सर, Ballb काे बारेमा जस्तै ballb के हो, ballb पढेपछि कस्तो जागिर हुन्छ, नेपालमा ballb काे कतिको scope छ, नेपालमा ballb पढ्न के गर्नुपर्छ, नेपालमा कहाँ कहाँ ballb पढाइ हुन्छ, के ballb पढ्नको लागि entrance exam पास गर्नै पर्छ र ballb entrance preparation काे लागि कुन book राम्रो हुन्छ तथा ballb entrance काे तयारी kun institute मा गर्दा राम्रो हुन्छ आदि कुराहरूको बारेमा प्रष्ट पारिदिनुस् न सर 🤗 अनिश सर तपाईंको मैले अरु आर्टिकल नी पढने गर्छु तपाईँको लेखाई एकदम सानो तर मिठो हुन्छ त्यस्तै मिठो यसको बारेमा नी भनिदिनु है। धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई।।

    • तपाईंको सबै प्रश्नको उत्तर समेटिने म एउटा पोस्ट तयार गर्नेछु तर २-४ दिन समय लाग्छ। तपाईंले यो वेबसाइटलाई subscribe गर्नुभएको छ भने मैले पोष्ट publish गर्दा तपाईंले थाहा पाउनु हुनेछ नै। अझै केही जिज्ञासा भए मलाई फेसबुकमा मेसेज पनि गर्न सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: