फैसला भनेको के हो? फैसला पत्र तयार गर्दा उल्लेख गर्नुपर्ने कुराहरु के-के हुन्?

फैसला भनेको के हो

अदालतमा प्रवेश गरेको कुनै पनि विवाद को विषयमा (मुद्दामा), दुवै पक्षबाट मुद्दामा पेश भएका प्रमाणको उचित मूल्यांकन गरी कुन पक्षकाे भनाइ के कारणले ठीक हो र कुन पक्षको भनाइ के कारणले ठीक होइन भनी न्यायिक वा अर्धन्यायिक निकायबाट गरिने निर्णयलाई फैसला भनिन्छ।

कानुनी भाषामा भन्नुपर्दा सक्षम न्यायिक निकायबाट मुद्दाको पक्षहरुबीच उत्पन्न विवादित विषयवस्तुको छिनोफानो गरि कसैको हकअधिकार र दाइत्व विस्तापित गर्न गरिने आधिकारिक निर्णय नै फैसला हो। फैसलालाई कानून र न्यायको आवाज पनि भनिन्छ। कुनैपनि अर्धन्यायिक निकायको प्रमुखले वा न्यायिक निकायको न्यायाधीशहरुले फैसला गर्दा न्यायिक मन प्रयोग गर्नुपर्दछ।

यो पनि पढ्नुहोस: अपराध भनेको के हाे ? अपराधका चरणहरू काे वर्णन गर्नुहोस् ।

फैसलामा उल्लेख गर्नुपर्ने महत्वपूर्ण कुराहरु

(क) मुद्दाको संक्षिप्त विवरण तथा सोसँग सम्बन्धित आवश्यक कुरा,

(ख) मुद्दामा कुनै कानून व्यवसायीले बहस गरेको भए त्यस्तो बहसको मुख्य मुख्य बुँदा,

(ग) मुद्दाका पक्षहरुले पेश गरेको प्रमाण, ती प्रमाणको विश्वसनियता वा खण्डनीय, त्यसको आधार, प्रमाणको पर्याप्तता वा अपर्याप्तता,

(घ) मुद्दामा कुनै पक्षले कुनै कानूनी प्रश्न उठाएको भए त्यस सम्बन्धी कुरा,

(ङ) कसूर ठहर हुने वा नहुने आधार तथा त्यसको कारण,

(च) पुनरावेदन लाग्ने वा नलाग्ने र पुनरावेदन गर्नु पर्ने अदालत,

(छ) अन्य आवश्यक कुराहरु ।

यो पनि पढ्नुहोस: मुद्दा हेर्दाको प्रथामिकताक्रम – मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here