अधिवक्ता र वाकीलमा के फरक छ?

Advocate र Lawyer बीचकाे फरक

के तपाईं कानुनको विद्यार्थी हुनुहुन्छ अनि Lawyer र Advocate बीचमा के फरक छ जान्न चाहनुहुन्छ? यदि हो भने आजको यस पोस्टमा तपाईंले वकील (lawyer) र अधिवक्ता (advocate) मा के फरक छ थाहा पाउनुहुन्छ। कानूनसँग सम्बन्धित यस्तै रोचक जानकारी थाहा पाइराख्न हाम्रो वेबसाइटलाई तलको घन्टीको icon मा क्लिक गरी subscribe गर्नुहोस्।

यदि तपाईं कानुनको विद्यार्थी हुनुहुन्छ भने तपाईं यो दुवै शब्द lawyer र advocate सुन्नुभएको होला र तपाईंलाई लागिरहेको हुनसक्छ कि यी दुवै शब्दहरु एउटै हुन या पर्यायवाची शब्द हुन् तर यदि तपाईंलाई पनि यस्तै लागिरहेको छ भने यस्तै पक्कै होइन। हुन् त प्राय: lawyer र advocate शब्दहरूको similar words काे रूपमा प्रयोग गरेको देखिन्छ तर यी दुइटै शब्द lawyer र advocate फरक फरक शब्द हुन र यी दुवै शब्दहरुकाे अर्थ पनि फरक फरक छन्।

सामान्य रूपमा सबभन्दा पहिले वकील र अधिवक्ता शब्दको अर्थ म तपाईंलाई भन्छु। वकील भनेको कानुनको डिग्री मात्र प्राप्त गरेको व्यक्ति हो तर अधिवक्ता भनेको कानुनको डिग्री प्राप्त गरिसकेको र बार काउन्सिलबाट अधिवक्ता प्रमाण पत्र पनि प्राप्त गरिसकेको व्यक्ति हो।

कानूनको अध्ययन पूरा गरिसकेको वा कानुनको डिग्री प्राप्त गरिसकेको व्यक्तिलाई कानुनको भाषामा वकील (lawyer) भनिन्छ भने कानुनको डिग्री प्राप्त गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरिसकेको व्यक्तिलाई अधिवक्ता (advocate) भनिन्छ।

कुनैपनि ब्यक्ति जब कानुनको डिग्री प्राप्त गर्छ अर्थात् कानुनको पढाइ (तीन वर्षे एलएलबी वा पाँच वर्षे बिएएलएलबी) पूरा गर्छ तब त्यो व्यक्ति वकील हुन्छ तर अधिवक्ता हुनको लागि बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ।

वकिलले कुनैपनि मुद्दामा कुनै व्यक्तिको प्रतिनिधिको रूपमा अदालतमा बहस पैरवी गर्न पाउँदैन् किनकी अदालतमा बहस पैरवी गर्नकाे लागि बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ। तर अधिवक्ताले कुनैपनि व्यक्तिको तर्फबाट निजको मुद्दामा अदालतमा बहस पैरवी गर्न सक्छ।

अधिवक्ता हुनको लागि बार काउन्सिलले अधिवक्ता प्रमाण-पत्रकाे लागि लिने परीक्षामा पास हुनुपर्छ अर्थात् कानुनको डिग्री प्राप्त गरिसकेको व्यक्तिले बारकाे एक्जाम पास गरी अधिवक्ता बन्न सक्छन्। त्यसैले सबै अधिवक्ता वकील हुन तर सबै वकील अधिवक्ता होइनन भनेर पनि बुझ्न सकिन्छ।

BALLB Entrance Preparation Class Admission Open in Nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here