LBU University को कानून संकायले शैक्षिक सत्र २०७७ मा भर्ना भएका विद्यार्थीहरुको BALLB पहिलो सेमेस्टरको परीक्षा आश्विन १५ गते बाट हुने गरी आश्विन ४ गते सूचना प्रकाशित गरेको छ तर सूचना प्रकाशित गरिएको मिति आश्विन १ गते उल्लेख गरिएको छ जुन एकदमै LBU University द्वारा गरिएको गैर लापरवाही हो ।
LBU ले जानीजानी गलत सूचना प्रकाशित गरेको र अहिलेसम्म नसच्याएको कार्यबाट प्रष्ट हुन्छ कि LBU ले जसरी पनि परीक्षा सकाउने होडमा मात्र दौडिएको छ ।
त्यस्तै केही महिना अगाडि कोभीड-१९ ले संक्रमित संख्या र मृत्युदर सांख्य बढ्दै गर्दाकाे समयमा भौतिक रूपमा पठनपाठन र परीक्षा गर्न नहुने केन्द्र सरकार द्वारा प्रतिबन्ध हुँदाहुँदै पनि दाङको तुल्सीपुर मेट्रो कलेजले BALLB पहिलो सेमेस्टरको Pre-Board Exam भौतिक रूपमा सञ्चालन गरेको थियो । विधार्थीहरुलाई कलेजका ड्रेस बाहेक अन्य ड्रेस लगाएर आउन भनेको थियो जसले गर्दा सम्बन्धित निकायले थाहाँ पाउन सकेको थिएन ।
LBU विश्वविद्यालय र यसका क्याम्पसहरू द्वारा जानी जनी लापरवाही गरिरहेको त्यसमा पढिरहेको विद्यार्थीहरुको गुनासो छ ।
LBU ले लापरवाहीपूर्वक जारी गरिएको सूचना