राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदै

राष्ट्रियसभा निर्वाचन

माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई निर्देशन दिएको छ। मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्रीहरु समेत हटाउनु पर्दछ।

निर्वाचन ऐन २०७३ काे अनुसार मौनअवधिमा कुनै पनि माध्यमबाट प्रचार गर्न नपाइने भएकाले एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ। साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ।

BALLB Entrance Preparation Class Admission Open in Nepal
Law Scholars Nepal नेपालमा BALLB Entrance Preparation गराउने सबैभन्दा उत्कृष्ट Institute  हो। यदि तपाईं BALLB वा LLB काे लागि Entrance Preparation Class गर्न चाहनुहुन्छ भने आफ्नो सफल भविष्यका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here