Monday, April 22, 2024
Homeकानूनी जानकारीकानूनी लिखतजाहेरी दरखास्त भनेको के हाे ? जाहेरी दरखास्त...

जाहेरी दरखास्त भनेको के हाे ? जाहेरी दरखास्त लेख्दा ध्यान दिनुपर्ने कुराहरु के हुन् ?

समाजिक अपराध जस्तै चोरी, डकैती, शारीरिक, मानसिक यातना, बलात्कार, घरेलु हिंसा, कुटपिट जस्ता आपराधिक कार्यहरूको कारवाहीका लागि प्रहरी वा अदालतमा दिइने लिखत जाहेरी दरखास्त हो । जाहेरी दरखास्त अदालत, प्रहरी प्रशासन वा स्थानीय निकायमा दिन सकिने ब्यवस्था छ । जाहेरी दरखास्त फौजदारी मुद्दाको कामकारवाही काे लागी दिइन्छ । जाहेरी दरखास्त दिइसकेपछि मात्र कुनैपनि मुद्दाको कामकारवाही सुरु हुन्छ ।

जाहेरी दरखास्तलाई इङ्ग्लिसमा First Information Report (FIR) पनि भनिन्छ । कुनैपनि आपराधिक गतिविधि भएमा वा घटना घटेमा त्यस्ता घटनाकाे दोषीलाई कारवाही गर्नको लागि नजिकैको प्रहरी प्रशासनमा उजुरी दिइन्छ जसलाई जाहेरी दरखास्त भनिन्छ । प्रहरी प्रशासनमार्फत सम्बन्धित निकायमा पठाइने जाहेरी दरखास्तमा पीडितको नाम खुलाउन वा नखुलाउन पनि सकिन्छ । जाहेरी दरखास्तमा अभियुक्तको नाम, थर, वतन, हुलिया र घटना पूर्वका आपराधिक गतिविधिहरु खुलाउनु पर्छ ।

जाहेरी दरखास्त लेख्दा ध्यान दिनुपर्ने कुराहरू

१. जाहेरी दिने व्यक्तिको नाम, थर र ठेगाना र जाहेरी दिने निकायको नाम उल्लेख गर्नुपर्छ,
२. अभियुक्तको नाम, थर, ठेगाना र हुलिया समेत खुलाउनुपर्छ ।
३. कुन मुद्दाको बारेमा जाहेरी दिएको हो भन्ने कुरा स्पष्ट खुलाउनुपर्छ,
४. घटना घटेको ठाउँको बारेमा तथा मिति समेत उल्लेख गर्नुपर्छ,
५. घटनाको पूर्ण विवरण खुलाउनुपर्छ,
६. अपराधी विरुद्ध भएकाे प्रमाण समेत उल्लेख र पेश गर्नुपर्छ ।

जाहेरी दरखास्तकाे नमूना

जाहेरी दरखास्त

जाहेरी दरखास्त

जाहेरी दरखास्त

जाहेरी दरखास्त

प्रश्नोतरहरू (FAQs)

1. जाहेरी दरखास्त भनेको के हाे ?
जाहेरी दरखास्त भनेको कुनैपनि आपराधिक गतिविधि भएमा वा घटना घटेमा त्यस्ता घटनाकाे दोषीलाई कारवाही गर्नको लागि नजिकैको प्रहरी प्रशासनमा उजुरी हों ।

2. जाहेरी दरखास्त कस्तो किसिमको मुद्दामा दिइन्छ ?
जाहेरी दरखास्त फौजदारी मुद्दामा मात्र दिइन्छ ।

3. के देवानी किसिमको मुद्दाहरूमा जाहेरी दरखास्त दिन सकिन्छ ?
देवनी किसिमको मुद्दामा जाहेरी दरखास्त दिन मिल्दैन ।

4. के जाहेरी दरखास्तलाई प्रमाणको रूपमा अदालतमा पेश गर्न सकिन्छ ?
जाहेरी दरखास्तलाई प्रमाणको रूपमा अदालतमा पेश गर्नको लागी जाहेरी दिएकी व्यक्तिलाई अदालतमा उपस्थित गराएर बकपत्र गराएमा मात्र प्रमाणकाे रूपमा लिन सकिन्छ ।

5. जाहेरी दरखास्तलाई किन मुद्दाको प्रारम्भिक सूचना (First Information Report) भनिन्छ ?
कुनै पनि फौजदारी मुद्दाको कामकारवाही सुुरु गर्न सबभन्दा पहिले दिइने सूचना वा उजूरी जाहेरी दरखस्त भएकाले जाहेरी दरखास्तलाई मुद्दाको प्रारम्भिक सूचना पनि भनिन्छ ।

हामी संग जोडिन हाम्रो फेसबूक पेज लाइक गरिदिनु होला र नयाँ नयाँ कानून सम्बन्धी जानकरी र समाचार थाहा पाउनको लागि तल दायाँ पट्टी रहेको bell icon मा click गरी subscribe गरिदिनुहोला।

Anish Kumar Tiwari
Anish Kumar Tiwari
Anish Kumar Tiwari is the Editor-in-Chief and SEO Expert at Law Scholars Nepal who is continuously publishing law related information and legal knowledge with the aim of increasing legal awareness in Nepal.
सम्बन्धित पोस्ट

मुचुल्का भनेको के हाे ? मुचुल्का कति किसिमको हुन्छ...

सामान्य अर्थमा भन्दा खेरी, मुचुल्का भनेको कुनै पनि घटना वा कामकाजमा गराई रहेको ब्यक्तिको...

कानूनी मस्यौदा भनेको के हो ? कानूनी मस्यौदाकाे महत्त्व...

सामान्यतया कानुनी मस्यौदा भन्नाले विस्तृत रूपमा लेखेर तयार पारिएको लेख वा खेसा लाई बुझिन्छ...

अभियोगपत्र भनेको के हो ? अभियोगपत्रमा उल्लेख गर्नुपर्ने कुराहरु...

कसैमाथि कुनै फौजदारी अपराध गरेको भनी दोष लगाउने कामलाइ अभियोग भनिन्छ। दोष लगाइएको व्यक्तिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

कानूनी ज्ञान

error: